वीपी बास बस्ने घरधनी एवं कांग्रेस नेतृ गौरी प्रधानको निधन, देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले समाजसेवी गौरी प्रधानको ९१ वर्षको उमेरमा निधन भएको भन्दै गहिरो शोक व्यक्त गरेको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. २ निवासी नेपाली कांग्रेसकी नेतृ, प्रजातन्त्र सेनानी एवं समाजसेवी गौरी प्रधानको २०८२ असार ७ गते काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा भएको निधन भएको कांग्रेसद्वारा सोमबार जारी शोक वक्तव्यमा उल्लेख छ ।
स्व.प्रधानको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । स्व.प्रधान नेपाली कांग्रेसका पुराना पुस्ताका नेता, प्रजातन्त्र सेनानी, समाजसेवी, शिक्षाप्रेमी एवं पञ्चायती कालखण्डमा जननायक वीपी कोइराला लगायत नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग प्रत्यक्ष सम्पर्क रहेर नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय योगदान पुर्याएकी थिइन् ।
चितवनमा आउँदा वीपी कोइराला गौरी प्रधानकै घरमा बास बस्ने गर्दथे । गौरी प्रधान र कांग्रेसको नाता, सम्बन्ध निकै घनिष्ट रहेको छ ।
स्व.गौरी प्रधान स्व.श्यामकृष्ण प्रधानकी धर्मपत्नी, नेपाल विद्यार्थी संघ चितवनका पूर्व अध्यक्ष एवं समाजसेवी सुवास प्रधान तथा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य एवं नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय महासचिव सुवोध प्रधानकी आमा हुन् ।
‘स्व.गौरी प्रधानले नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय योगदान पु¥याउनु भएको थियो,’ कांग्रेसले भनेको छ, ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिवद्ध रहँदै धार्मिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रमा समेत निःस्वार्थ भावले सहयोग पुर्याउँदै आउनु भएकी गौरी प्रधानकोे निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको छ ।’
गौरी प्रधानको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
देउवाले भने, ‘नेपाली कांग्रेसका पुराना नेता एवं प्रजातन्त्र सेनानी स्व.श्यामकृष्ण प्रधानकी धर्मपत्नी गौरी प्रधानको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ ।’
‘उहाँहरूकै प्रेरणाबाट उहाँका परिवारका सदस्यहरू नेपाली कांग्रेसमै समर्पित हुनुहुन्छ,’ सभापति देउवाले भने, ‘स्वर्गीय प्रधानले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्याउनु भएको सक्रिय योगदानको म स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।’
‘उहाँको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु,’ सभापति देउवाले भने ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया