इजरायल र इरानमा रहेका नेपालीको सुरक्षा र स्वदेश फिर्तीमा केन्द्रित छौँ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षा र आवश्यकताका आधारमा स्वदेश फिर्तीका सम्बन्धमा ध्यान केन्द्रित गरिरहेको बताएकी छिन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८२/८३ अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै डा.राणाले भनिन्, ‘इजरायल र इरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावहरूलाई अत्यन्त गम्भीरताका साथ लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर परराष्ट्र मन्त्रालयले काम गरिरहेको छ ।’
डा.राणाले ती दुई देशबीचमा युद्ध सुरु भएको दिनदेखि नै विकसित परिस्थितिलाई नजिकबाट हेरिरहेको बताएकी छिन् । उनले इरानमा रहेका सानो संख्याका नेपालीहरूलाई भारत सरकारसँग अनुरोध गरी इरानस्थित भारतीय दूतावासको सहयोगमा उद्धारको व्यवस्था मिलाइएको बताएकी छिन् ।
इजरायलमा रहेका नेपालीहरूको वास्तविक सूचना अनलाइन पोर्टलमार्फत् सङ्कलन भइरहेको बताउँदै उनले घर फर्कन चाहनेहरूका लागि फर्काउने तयारी भएको बताइन् ।
परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘उहाँहरूले अनलाइन पोर्टलमा रजिस्ट्रेसन गरिरहनुभएको छ । यसबाट को कहाँ र कति संख्यामा हुनुहुन्छ भन्ने सूचना आउनेछ ।’
‘अप्ठेरो अवस्थामा रहेका र घर फर्कन चाहने केहीले मात्र फर्कने इच्छा व्यक्त गरिरहनुभएको छ,’ डा.राणाले भनिन्, ‘उहाँहरूको उद्धारका लागि हामीले गृहकार्य सुरु गरेका छौँ ।’
डा.राणाले इजरायलमा अपहरणमा परेका नेपाली विद्यार्थी विपीन जोशीको अवस्था पत्ता लगाइ रिहाइका सम्बन्धमा नेपाल सरकारले सक्दो कूटनीतिक पहल गरेको बताएकी छिन् । उनले अहिलेसम्म विपीन जोशीको अवस्था पत्ता लाग्न नसकेको बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले विनियोजन विधेयकमा परराष्ट्र मन्त्रालका विषयमा उठेका नेपालको भूभाग तथा सीमा, आर्थिक कूटनीतिको प्रवर्द्धन र यसको महत्व, गैरआवासीय नेपालीहरू, मन्त्रालय र अन्तर्गत क्षमता अभिबृद्धि, व्यवस्थापन र मूल्यांकन, राजदूत एवं नियोग प्रमुखको नियुक्ति, कन्सुलर सेवाको अवस्था, परराष्ट्र नीति, परराष्ट्र सम्बन्ध एवं राष्ट्रिय सुरक्षा लगायतका विषयमा संसदमा उठेका प्रश्नहरुको जवाफ दिएकी छिन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया