राप्तीमा बस र इभी गाडी ठोक्किँदा गर्भवतीसहित ७ जनाको मृत्यु

भरतपुर । चितवनको राप्ती नगरपालिका–४ खहरेपुलस्थित पूर्व–पश्चिम राजमार्गमा बस र इभी गाडी एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । शनिबार बिहान सवा १० बजेको समयमा धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी गाडी आपसमा ठोक्किएका थिए ।

भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा पाँच जना र पुरानो मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुरमा मृत्यु हुनेमा मकवानपुर हटिया–३ बस्ने वर्ष ५५ का सोमप्रसाद रुपाखेती, हेटौंडा–५ बस्ने वर्ष ५३ की मैंयाकुमारी न्यौपाने पहाडी, नामथर वतन नखुलेको अन्दाजी वर्ष १९ की महिला, हाल नामथर वतन नखुलेकी अन्दाजी वर्ष २५ की महिला र हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष २३ का पुरुष रहेका छन् ।

पुरानो मेडिकल कलेजमा मृत्यु हुनेमा नामथर वतन नखुलेकी अन्दाजी वर्ष ३५ की गर्भवती महिला र हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष ४० का पुरुष व्यक्ति रहेका छन् ।

Published : Saturday, 2025 June 21, 3:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया