अध्यक्ष गुरुङद्वारा असार १५ भित्र सदस्यता वितरण गरी अधिवेशन गर्न तरुणहरूलाई निर्देशन

काठमाडौं । नेपाली तरुण दलका अध्यक्ष विद्वान गुरुङले असार १५ गतेभित्र सदस्यता वितरण गरी अधिवेशन गर्न परिपत्र गरेका छन् ।
बिहीबार अध्यक्ष गुरुङले तरुण दलका सबै जिल्ला कार्यसमितिहरूलाई परिपत्र गरेर भनेका छन्, ‘दलका जिल्ला कार्यसमितिहरूले अधिवेशन हुन बाँकी आ–आफ्ना जिल्लाका वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्रहरूमा सदस्यता लिन छुट भएका तरुण साथीहरूलाई ध्यानमा राखी २०८२ साल असार १५ गतेसम्म सदस्यता वितरण गरी त्यसपछि मात्रै अधिवेशन गर्न निर्देशन गरिन्छ ।’
‘दलको पाँचौँ महाधिवेशनको सन्दर्भमा त्यस जिल्लामा गरिएका अधिवेशनका कार्यहरू निरन्तर अघि बढाउनु होला,’ अध्यक्ष गुरुङले भने, ‘साथै जिल्ला कार्यसमितिहरूले नपुग आवश्यक सदस्यता फारमहरूको दलको केन्द्रीय कार्यालयबाट बुझी लग्नु होला ।’
अध्यक्ष गुरुङले पाँचौँ महाधिवेशन छिट्टै सम्पन्न गर्न क्रियाशील भएर देशभरिका सम्पूर्ण जिल्लाहरूमा अभियानको रुपमा लागिरहेको भन्दै तरुणहरूलाई धन्यवाद प्रकट गरेका छन् ।
उनले भने, ‘नेपाली कांग्रेसद्वारा गठित नेपाल तरुण दलको पाँचौँ महाधिवेशन निर्देशन समितिको निर्देशनअनुसार तपशिल बमोजिम गर्ने गरी दलको सबै जिल्ला कार्यसमितिहरूलाई केन्द्रीय कार्यालयको परिपत्र गरिएको छ ।’

बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया