गाडी खरिदमा कार्यकारी निर्देशक र पत्नीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बिहीबार अख्तियारले परिषदका कार्यकारी निर्देशक बलराम ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुंगाना, कम्प्यूटर अधिकृत कृष्णमुरारी सिंह, सवारीचालक विक्कीकुमार चौधरी, उपभोक्ता समितिका अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बविता देव साह, ठेकेदार जितेन्द्रकुमार यादव, कार्यकारी निर्देशक बलराम ठाकुरकी श्रीमती इन्दुलेखाकुमारी ठाकुरमाथि भ्रष्टाचारमुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले उनीहरूमाथि ५१ लाख ७१ हजार रुपियाँ नोक्सान गरेको आरोप लगाएपछि आरोपितहरूमाथि मागदावी गरेको विगो रकम फरक फरक छ ।
श्रीमतीको नाममा खरिद गरेको गाडीको सरकारी कोषबाट भुक्तानी दिएको, यात्री निवासको मर्मतसम्भारका नाममा उपभोक्ता समितिमार्फत रकम हिनामिना गरेको, सौन्दर्यीकरण र गेट निर्माणको नाममा रकम दुरुपयोग गरेको अनि गाडीको इन्धन र मोबिलका नाममा राज्यकोषको दुरुपयोग गरेको अख्तियारको आरोप छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया