सीमा गुरुङ निर्देशित फिल्म ‘रङ डेस्टिनेशन २’ को पहिलो गीत रिलिज

काठमाडौं । सीमा गुरुङ निर्देशित फिल्म हो ‘रङ डेस्टिनेशन २’ । फिल्मको पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक भएको छ । गायिका समीक्षा अधिकारी र गायक ओम सुनारको स्वर रहेको गीतमा संगीत पनि गायक सुनारले नै दिएका छन् । गीतका शब्द मुना शाहले कोरेकी हुन् ।
गीतको भिडियो भने डान्सिङ फेवरमा तयार गरिएको छ । जसमा फिल्मका मुख्य कलाकार आयशा तामाङ र किरण श्रेष्ठ देखिएका छन् । कल्चरल ड्रेस र कोरस समेत प्रयोग गरिएको गीतको भिडियोमा कोरियोग्राफी रोशनी थापा मगरले गरेकी हुन् ।
फूलमुन मोसन फिक्चर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्म हरर र थ्रिलर कथामा निर्माण भएको छ । किरण श्रेष्ठ, आयशा तामाङ, कालु राणा, आकी थेक्पा, सुगन तन्दुकर, उज्वल, सञ्जय थापा, सकल रेग्मीलगायतका कलाकारको अभिनय फिल्ममा छ ।
फिल्म कार्यकारी निर्माता सुगन तन्दुकर हुन् । निर्माता समाइरा तन्दुकार र शर्मिला लामा रहेका छन् । मुस्ताङका बिभिन्न रमणीय स्थानमा छायांकन भएको फिल्मको प्रदर्शन मिति जुर्न बाँकी छ ।
विदेशका बिभिन्न फेष्टिभलको प्रदर्शनपछि मात्र फिल्म स्वदेशमा प्रदर्शन गरिने निर्देशक सीमा गुरुङले बताइन् । फिल्ममा सञ्जय थापाको द्वन्द्व, रणधीर श्रेष्ठको छायांकन र बनिश शाहको सम्पादन छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया