गृहमन्त्री लेखकको प्रशंसनीय कार्य, सहकारी ठगहरूलाई ठूलो झट्का

काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू र सञ्चालकहरूको रकम ठगी गरी फरार रहेका प्रतिवादी बर्दियाको बाँसगढी नगरपालिका–७ घर भएका ४२ वर्षीय ज्योतिबहादुर भण्डारी पक्राउ परेका छन् ।

एनसिबि फ्नोमपेन्ह कम्बोडियाको समन्वयमा कम्बोडियामा पक्राउ परेका ज्योतिबहादुर भण्डारीलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)द्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू र सञ्चालकहरूको समेत गरी करिब १४ करोड रूपियाँभन्दा बढी रकम ठगी गरेको अनुसन्धानरत मुद्दामा फरार प्रतिवादी ज्योति गुरूङमार्फत सहकारीको करोडौं रकम ठगीमा संलग्न रही ज्योतिबहादुर भण्डारी फरार रहेका थिए ।

प्रारम्भीक अनुसन्धानको क्रममा मितेरी सहकारीका महाप्रबन्धक ज्योति गुरूङले सहकारीबाट अपचलन गरेको करोडौँ रकम थाईल्याण्डमा बसोबास गर्ने ज्योतिबहादुर भण्डारीले चलाएका थिए ।

उनीहरूले फिर्ता गराईदिने भनि ह्वाट्स एप मार्फत सहकारीका पदाधिकारीहरू र ज्योतिबहादुर भण्डारीबीच सम्पर्क गराएको, ज्योतिबहादुर भण्डारीले सहकारी संस्थाका सचिव कृष्णबहादुर रानाको ग्लोबल आईएमई बैंक, ईन्द्रचोक शाखामा ३३ करोड ११ लाख रूपियाँ पार्सल गरी पठाएको छु भनि टोकनको फोटो पठाएको, विदेशबाट आएको पार्सल रकम लिनको लागि कमिसन तिर्नु पर्छ भनि सहकारी संस्थाका पदाधिकारीहरूसँग सम्पर्क गरी ३ करोड ४४ लाख ७४ हजार ३ सय २० रूपियाँ ठगी गरेको खुल्न आएको छ ।

ज्योतिबहादुर भण्डारीको नाममा जारी भएको २ वटा राहदानीमा २ वटा फरक फरक नागरिकता उल्लेख भएको छ । ज्योतिबहादुर भण्डारीले अन्य व्यक्तिहरूको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरूको विवरण राखी सोही कीर्ते गरेको नागरिकता तथा राहदानीलाई स्क्याम गर्न दुरूपयोग गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

ईन्टरपोल महासचिवालयबाट २०८१ कात्तिक १३ गते ज्योतिबहादुर भण्डारीविरूद्ध रेड नोटिस जारी भएको थियो ।

सहकारी ठगी, दोहोरो नागरिक र राहदानीको घटनाका सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरो, लाजिम्पाटबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला कारागार रुपन्देहीको जेलमा थुनामा छन् । लामिछानेका पार्टनर गितेन्द्रबाबु राई (जीबी) फरार छन् । राई मलेसियामा लुकेर बसेको भनिएको छ । तत्कालीन समयमा लामिछाने गृहमन्त्री भएका बेला सूचना चुहाएर राईलाई सर्कत गराइ भगाएको आरोप छ ।

गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा र अपराध गर्ने व्यक्तिहरूलाई पक्राउ गरेर विदेशबाट ल्याइ कारबाही गर्ने कार्यहरू गरिरहेका छन् । यद्यपि, विरोधीहरूले लेखकलाई विभिन्न लाञ्छना लगाएर राजीनामा माग गरिरहेका छन् । लेखकले आफ्नो दायित्व र जिम्मेवारीअनुसार काम गर्दा सहकारीको ठूलो रकम अपचलन गर्ने ज्योतिबहादुर भण्डारीलाई ईन्टरपोलमार्फत पक्राउ गरेर ल्याइएको छ ।

000


(प्रशासन शाखा) फोन: ०१-४५११७७६

    पो.ब.नं.४०७
    लाजिम्पाट, काठमाडौं

पत्र संख्या:१-०१-१८-२०८१/०८२
मिति: २०८२ आषाढ ०५गते

प्रा.प.सं. : नेपाल सम्बत् : ११४५
प्रेस विज्ञप्ती-३८

“मितेरी सहकारीसंस्था तथा संचालकहरुको करोडौं रकम ठगी गरी फरार रहेका प्रतिवादी
कम्बोडियाबाट पक्राउ”

 घटनाको छोटकरी व्यहोरा:मितेरीबचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४४ जना बचतकर्ताहरु र सञ्चालकहरुको समेत गरी १४ करोड भन्दा बढी रकम ठगी गरेको अनुसन्धानरत मुद्दामा फरार प्रतिवादी ज्योती गुरूङ मार्फत सहकारीको करोडौँ रकम ठगी गरी लामो समयसम्म विदेशमा फरार रहेका प्रतिवादी ज्योती बहादुर भण्डारीलाई नेपाल प्रहरी प्रधान कार्यालयबाट खटिएको प्रहरी टोलि मार्फत नेपाल ल्याई यस ब्यूरोको हिरासतमा राखि थप अनुसन्धान भईरहेको ।

 पक्राउस्थान:-Cambodia
 RED Notice जारी भएको मिति:- सन् २०२४ अक्टोबर २९ (तद् अनुसार मिति २०८१ कार्तिक १३)
 नेपाल ल्याईएको मिति:-मिति २०८२/०३/०४ गते
 कसूर:“ मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ ठगी सम्बन्धी कसूर र परिच्छेद २५ को दफा २७६ कीर्ते गर्न नहुने कसूर ।

 पक्राउ प्रतिवादीको विवरण:
सि.
नं. नाम उमेर लिङ्ग ठेगाना फोटो
१. ज्योती बहादुर भण्डारी ४२ पुरुष जिल्ला बर्दिया साबिक मोतिपुर गा.वि.स. वडा नं. ६ परिवर्तित बाँसगढी न.पा. वडा नं ०७

 अनुसन्धानको क्रममा पक्राउ प्रतिवादी ज्योती बहादुर भण्डारीको सम्बन्धमा हालसम्म खुलेका तथ्यहरू:
• मितेरी सहकारीका महाप्रबन्धक ज्योती गुरुङले आफूले सहकारीबाट अपचलन गरेको करोडौँ रकम थाईल्याण्डमा बसोबास गर्ने ज्योती बहादुर भण्डारीले चलाएको र निजले फिर्ता गराईदिने भनि WhatsApp मार्फत सहकारीका पदाधिकारीहरु र ज्योती बहादुर भण्डारी बिच सम्पर्कगराएको,
• ज्योती बहादुर भण्डारीले मितेरी सहकारी संस्थाकासचिव कृष्ण बहादुर रानाको Global IME Bank, ईन्द्रचोक शाखामा रु.३३ करोड ११ लाख रुपैया पार्सल गरी पठाएको छु भनि WhatsApp मार्फत टोकनको फोटो पठाएको,
• निज प्रतिवादीले विदेशबाट आएको पार्सल रकम लिनको लागि कमिसन तिर्नु पर्छ भनीविभिन्न नम्बर र नामबाट सहकारी संस्थाका पदाधिकारीहरुसँग सम्पर्क गरी सहकारी संस्थाका पदाधिकारीहरुको व्यक्तिगत रकम थप रु.३,४४,७४,३२०।- ठगी गरेको,
• ज्योती बहादुर भण्डारीकोनाममा जारी भएको २ वटा राहदानीमा २ वटा फरक फरक नागरिकता नम्बर (राहदानी नं १०५४८६८८, ना.प्र.प.नं. १५८८३/ जन्मस्थान कास्की) र (राहदानी नं. ११३६४६९१, ना.प्र.प.नं १४८०३/ जन्मस्थान बर्दिया) उल्लेख भएको अनुसन्धानबाट खुल्न आएको,
• निज ज्योती बहादुर भण्डारीले अन्य व्यक्तिहरुको राहदानी तथा नागरीकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरुको विवरण राखी सोही कीर्ते गरेको नागरीकता तथा राहदानीलाईस्क्याम गर्न दुरुपयोगगरेको,
• निज प्रतिवादीले फरक फरक नामहरुबाट फेसबुक र WhatsApp चलाई ठगी गर्दे आएको,
• निज ज्योती बहादुर भण्डारी बिरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा विभिन्न मितिमा दर्ता भएको ३ वटा ठगी मुद्दामा समेत फरार रहेको देखिएको ।

पुनश्च:-निज प्रतिवादी ज्योती बहादुर भण्डारीबाट अन्य कोही व्यक्तिहरू ठगीमा पर्नु भएको छ भने यस व्युरोमा सम्पर्क राख्न हुन अनुरोध ।

Published : Thursday, 2025 June 19, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया