कांग्रेस र एमालेका जनप्रतिनिधिहरूद्वारा अर्थमन्त्रीसँग भेट, ललितपुरको माग सम्बोधन गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद उदयशम्शेर जबरा, बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनसहितका नेताहरूले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेर ललितपुर जिल्लाको विकासका विषयमा छलफल गरेका छन् ।
बुधबार सिंहदरबारमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरूले अर्थमन्त्री पौडेललाई संयुक्त रुपमा भेट गरेर गत वर्षको बाढीपहिरोबाट भएको क्षतिको पुनर्निर्माण तथा सडक आयोजनाहरूलाई बहुवर्षीय बनाउने विषयमा आग्रह गरिएको खेलकुदमन्त्री महर्जनले बताए ।
कांग्रेस नेता जबराले भने, ‘हामी, नेपाली कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधि तथा पार्टीका नेतृत्वतहका साथीहरूको संयुक्त टोलीले नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी विभिन्न विषयमा छलफल गरेका छौं ।’
अर्थमन्त्री पौडेलसँगको भेटमा ललितपुरको लेले–भारदेउ–चन्दनपुर– ठूलादुर्लुङ्ग मोटर बाटोमा बिनियोजित रू. २५ करोड बजेटलाई बहुवर्षीय योजनाको रुपमा सम्बोधन गरिदिन आग्रह गरिएको कांग्रेस नेता जबराले बताए ।
‘असोज ११ र १२ गतेको बाढीका कारण क्षतिग्रस्त बस्ती तथा संरचनालाई तत्काल पुनर्निर्माण सुरु गर्न बजेट ब्यबस्थापनको लागि आग्रह गरियो,’ जबराले भने ।
जबराले भने, ‘सादोबाटो–चापागाउँ र सादोबाटो–गोदावरी बाटोको मुआब्जा तत्काल उपलब्ध गराउन आग्रह गरियो ।’
अर्थमन्त्री पौडेलले बिपद् प्राधिकरणसँग आवश्यक समन्वय गरी सम्बन्धित मन्त्रालयहरूमार्फत बजेट विनियोजन गराई विपत परेका क्षेत्रहरूमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेको युवा तथा खेलकुदमन्त्री महर्जनले बताए ।
नेता जबराले भने, ‘हामीले राखेका सम्पूर्ण विषयमा मन्त्रीज्यू आफू सकारात्मक रहेको र मागलाई सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।’
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया