साइबर अपराधमा रमा भेट्ने प्रहरीले दिलभुषणलाई किन भेट्दैन ? कानून बराबरी हाेइन ?

काठमाडौं । प्रहरीले साइबर अपराधका आरोपी दिलभुषण पाठकलाई छिटोभन्दा छिटो पक्राउ गरेर कारबाहीको माग उठेको छ ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको लामो समय हुँदा समेत प्रहरीले पाठकलाई पक्राउ गर्न सकेको छैन । प्रहरीले पाठकलाई भेटेको छैन वा भेटेर पनि पक्राउ गर्न चाहेको छैन प्रश्न उठेको छ ।
पाठक पत्रकार भएकै कारण साइबर अपराधबाट उन्मुक्ति दिन नहुने सामाजिक सञ्जालमा जबरजस्त आवाज उठेको छ । पाठकले दर्ता नै नगरेर युट्युब सञ्चालन गरी व्यक्तिको चरित्रहत्या गर्ने कार्य गरेका थिए । प्रेस काउन्सिल नेपालले पाठकलाई कारबाही गर्ने आफ्नो दायराभन्दा बाहिर रहेको भन्दै साइबर ब्यूरो भोटाहिटीमा पठाइदिएको थियो ।
पाठकका विषयमा प्रेस स्वतन्त्रताका नाममा धेरै ल्याङ्गल्याङ्ग कुरा गर्न नहुने टिकाटिप्पणी भइरहेको छ । पाठक पत्रकारभन्दा पनि एउटा राम्रो प्रस्तोता हुन् । उनी सेलिब्रेटी मिडियाकर्मी हुन् । तर, पाठक योग्य सम्पादक होइनन् । त्यो कुरा उनले बनाएको भिडियोले पुष्टि गरिरहेको छ ।
कुनै पनि न्यूज रिपोर्टमा बाइट/कोर्ट पत्रकारिताको सामान्यज्ञान हुन्छ । यो सामान्य ज्ञान पाठकमा देखिएको छैन । पाठकले बनाएको त्यो भिडियो रिपोर्टमा पत्रकारकारिताको न्यून सिद्धान्त पनि ध्यान दिइएको छैन । पाठक केवल एकहोरो बोलिएका छन् ।
भिडियोमार्फत पाठकले भ्यूज होइन, न्युज प्रस्तुत गरेका छन् । न्युज अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत पर्दैन । यस अन्तर्गत केवल विचार पर्दछ । त्यसैले पाठकको त्यो भिडियो रिपोर्ट गलत छ । त्यो पत्रकारिता होइन, अपराधकारिता हो ।
पाठकमा सामान्य ज्ञान थियो भने त्यस्तो अपराधिक भिडियो रिपोर्ट प्रसारण गर्नु हुँदैन थियो । अवैध पत्रकारका रूपमा अर्थात् जुन मिडिया दर्ता नै छैन, त्यो मिडियामा भ्रामक र गलत सूचनासहितको भिडियो सार्वजनिक गर्नु साइबर अपराध नै हो ।
उजुरीकर्ता को हो ? त्यस विषयमा कुरै रहेन । पाठकविरुद्ध साइबर अपराध मुद्दा जायज रहेको सामाजिक सञ्जालमा आवाज उठेको छ ।
पाठक बिगतमा ठूला मिडियाका म्पादक÷पत्रकार हो । अहिले कानूनत पाठकले प्रहरीसमक्ष उपस्थित भई मुद्दाको सामना गर्नै पर्दछ ।
साइबर ब्यूरो, भोटाहिटीले पाठकलाई ‘दिलभुषण पाठकज्यू’ साइबर ब्यूरोमा आउनुस् भनेर बिन्तीपत्र हाल्ने होइन । पाठकलाई खोजेर छिटोभन्दा छिटो पक्राउ गरेर कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ । पाठक संविधान र कानूनभन्दा माथि छैनन् । पाठकविरुद्ध परेको साइबर अपराधको मुद्दामा बुझेर मात्रै बोल्नुपर्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू पाठकको बचाउमा बोल्दै आएका छन् । पाठकले दर्ता नै नभएको युट्युबमा भ्रामक र चरित्रहत्या हुने सामग्री राखेर संविधान र कानून उल्लंघन गरेका छन् ।
साइबर अपराधको अभियोगमा पक्राउ परेकी आफ्नी कार्यकर्ता रमा बस्नेतलाई छुटाउन रास्वपाका सांसदहरू प्रहरी कार्यालयमा धर्ना दिन पुगेका छन् । साइबर अपराध गरेर फरार रहेका पाठकलाई पक्राउ गर्न नहुने भनेर बोलिरहेका छन् । साइबर अपराधको कानून रमा बस्नेत र दिलभुषण पाठकलाई बराबरी लाग्नुपर्छ भनेर माग उठेको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया