रविका पार्टनर जीबी भागेका बेला रेड नोटिसमार्फत भण्डारी पक्राउ

काठमाडौं । मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएपछि कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई रेड नोटिसमार्फत पक्राउ गरेर प्रहरीले नेपाल ल्याएको छ ।
रेड नोटिसका आधारमा भण्डारी कम्बोडियामा पक्राउ परेका थिए । भण्डारीलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो ।
भण्डारीलाई बुधबार बिहान काठमाडौं ल्याइपु¥याएर सीआईबीमा लगिएको स्रोतले जनाएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको रकम अपचलन सम्बन्धी उजुरीमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
सहकारी ठगका अभियुक्त रास्वपाका सभापति रवि लामिछानेका पार्टनर गितेन्द्रबाबु राई (जीबी) मलेसियामा भोगेर बसेका छन् ।
राईलाई नेपाल ल्याउन कठिनाइ भइरहेका बेला गृहमन्त्री रमेश लेखकको विशेष पहलमा सहकारी ठगका अभियुक्त भण्डारीलाई रेड नोटिसमार्फत पक्राउ गरेर नेपाल ल्याइएको छ ।
सहकारीको करोडौं रकम ठगी गरेर रास्वपाका सभापति लामिछानेका पार्टनर राई मलेसिया लुकेर बसेका छन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया