मानव तस्करको अभियोग लागेकी रास्वपा समानुपातिक सांसद एवं उपसभामुख विदेश उडिन्

काठमाडौं । मानव तस्करीको अभियोग लागेकी उपसभामुख इन्दिरा राना मगर दक्षिण अफ्रिका प्रस्थान गरेकी छिन् ।
बुधबार बिहान चार दिने भ्रमणका लागि राना दक्षिण अफ्रिकातर्फ प्रस्थान गरेकी हुन् ।
दक्षिण अफ्रिकाको प्रिटोरिया शहरमा आयोजित लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन उपसभामुख राना दक्षिण अफ्रिका गएकी हुन् ।
उनले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स(आइडिइए), ओपन सोसाइटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा जुन १९ र २० मा हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’. विषयक उच्चस्तरीय संवादमा भाग लिने जानकारी दिइएको छ ।
अमेरिकामा मानिसहरू पठाउनका लागि रानाले आफ्नो लेटरप्याडबाट सिफारिस गरेकी थिइन् । रानाविरुद्ध कारबाहीको माग उठ्दै आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद राना विवादमा छिन् । उनको पार्टी रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको छ । सहसचिवको गल्ती र कमजोरीलाई लिएर गृहमन्त्री लेखकको राजीनामा रास्वपाले माग गर्दै आएको छ । रास्वपाले आफ्नी समानुपातिक सांसद एवम् उपसभामुख राना मानव तस्करीमा परेको विषयमा चुपचाप छ । रानाको रास्वपाले बचाउ गर्दै आएको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया