युके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ घर भएकी २६ वर्षीया सुजनीकुमारी साह, काठमाडौं महानगरपालिका–३ बस्ने सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका ३४ वर्षीय दीपककुमार उदास र भक्तपुरको चाँगुनारायण नगरपालिका–१ बस्ने २३ वर्षीया रेशिका हमाल न्यौपाने रहेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउमध्ये सुजनी कुमारीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख ४ हजार रूपियाँ, दीपककुमारले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३४ हजार रूपियाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ८ हजार रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले सुजनीकुमारी र रेशिकालाई काठमाडौं महानगरपालिका–३२ बाट तथा दीपककुमारलाई काठमाडौं महानगरपालिका– १२ बाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया