निष्दीमा अस्थायी प्रहरी पोष्ट बाकामलाङ स्थापना

रामपुर । जिल्ला प्रशासन कार्यालय, पाल्पाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले अस्थायी प्रहरी पोष्ट बाकामलाङ, निष्दीको स्थापना गरेका छन् ।

सोमबार पाल्पाको निस्दी गाउँपालिका वडा नं. १ भोटाहामा अस्थायी प्रहरी पोष्ट, बाकामलाङको स्थापना कार्य सम्पन्न भएको हो । पाल्पाका प्रहरी प्रमुख (एसपी) पवनकुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सीडीओ सुवेदीले अस्थायी प्रहरी पोस्ट स्थापना गरेका हुन् ।

कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु, निष्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, निष्दी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष यमबहादुर राना, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनैतिक दलका स्थानीय पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, नागरिक समाज, स्थानीयवासी, संचारकर्मीहरू, पूर्व प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निष्दी गाउँपालिकाको तर्फबाट प्रहरी पोष्टलाई १ थान मोटरसाईकलको चाबी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु, प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय, रामपुरका प्रहरी प्रमुख (ईन्स्पेक्टर) रामबहादुर नेपालीले बताए ।

ईन्स्पेक्टर नेपालीले अस्थायी प्रहरी पोस्टले निष्दी क्षेत्रको शान्ति सुरक्षामा सहयोग पुग्ने बताए । उनले प्रहरी र स्थानीयको सहयोगमा निष्दीमा शान्ति सुरक्षा बनाउन सहयोग पुग्ने बताएका छन् ।

Published : Tuesday, 2025 June 17, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया