रामपुर प्रहरीको हिरासतमा पुस्तकालय स्थापना, कांग्रेस नेता रानाद्वारा पुस्तक हस्तान्तरण
रामपुर । नेपाली कांग्रेसका नेता सन्दीप रानाले इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पालाई किताबहरू हस्तान्तरण गरेका छन् ।
मंगलबार इलाका प्रहरी कार्यालय रामपुरमा आयोजित विशेष कार्यक्रममा कांग्रेस नेता रानाले प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रामबहादुर नेपालीलाई हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि पुस्तकहरू हस्तान्तरण गरेका हुन् ।
कांग्रेस नेता रानाले कालीगण्डकी फाउण्डेशनका संरक्षक पनि हुन् । फाउण्डेशनका अध्यक्ष निकण्ठ भण्डारीसहितको टोलीले हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि पुस्तकहरू हस्तान्तरण गरिएको ईन्स्पेक्टर नेपालीले बताए ।
हिरासतमा पुस्तकालय स्थापना तथा पुस्तकहरू वितरण कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
इलाका प्रहरी कार्यालय, रामपुरको हिरासत कक्षमा रहने थुनुवाहरूको सकारात्मक सोंच, नैतिक शिक्षा अभिवृद्धिको लागि बिभिन्न बिद्याका १३९ थान पुस्तक कांग्रेस नेता रानाले हस्तान्तरण गरेका छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया