रामपुर प्रहरीको हिरासतमा पुस्तकालय स्थापना, कांग्रेस नेता रानाद्वारा पुस्तक हस्तान्तरण

रामपुर । नेपाली कांग्रेसका नेता सन्दीप रानाले इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पालाई किताबहरू हस्तान्तरण गरेका छन् ।

मंगलबार इलाका प्रहरी कार्यालय रामपुरमा आयोजित विशेष कार्यक्रममा कांग्रेस नेता रानाले प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रामबहादुर नेपालीलाई हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि पुस्तकहरू हस्तान्तरण गरेका हुन् ।

कांग्रेस नेता रानाले कालीगण्डकी फाउण्डेशनका संरक्षक पनि हुन् । फाउण्डेशनका अध्यक्ष निकण्ठ भण्डारीसहितको टोलीले हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि पुस्तकहरू हस्तान्तरण गरिएको ईन्स्पेक्टर नेपालीले बताए ।
हिरासतमा पुस्तकालय स्थापना तथा पुस्तकहरू वितरण कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

इलाका प्रहरी कार्यालय, रामपुरको हिरासत कक्षमा रहने थुनुवाहरूको सकारात्मक सोंच, नैतिक शिक्षा अभिवृद्धिको लागि बिभिन्न बिद्याका १३९ थान पुस्तक कांग्रेस नेता रानाले हस्तान्तरण गरेका छन् ।

Published : Tuesday, 2025 June 17, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया