रौतहट कांग्रेसमा एमालेसहितका दलहरू दुई सय कार्यकर्ता प्रवेश

गौर । रौतहटमा विभिन्न राजनीतिक दल त्यागेर २ सयभन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सोमबार नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले नव प्रवेशीहरूलाई टीका लगाई पार्टीमा प्रवेश गराएका हुन् ।
माधवनारायण नगरपालिका–५ मीठुअवा कटहरिया टोलम आयोजित पार्टी प्रवेश एवं नेता कार्यकर्ता भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई सयभन्दा बढी व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेस मधेश प्रदेश प्रचार प्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले बताए ।
नेपाली कांग्रेस माधवनारायण नगरपालिका–५ को वडा कार्य समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कटहरिया टोलका राजिनन्द सहनी नेतृत्वमा जय प्रकाश सहनी, गोपाल सहनी, रामएकवाल सहनी लगायतका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरू यसअघि नेकपा (एकीकृत समाजवादी) र एमालेमा सक्रिय रूपमा लागेका कार्यकर्ता हुन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया