हेटौँडामा जुवा तास खेल्ने ५ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवनपुरले जुवा तास खेलेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।
मंगलबार दिउँसो २ बजेतिर हेटौँडा उप–मानगरपालिका वडा नं. १६ गौरीटार रंगशालास्थित दामोदार चौलागाईंको गाईगोठमा जुवा तास खेलिरहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जुवा तास खेली, खेलाई रहेको भन्ने प्राप्त विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोली ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वर्ष ४५ का दामोदार चौलागाईं, वर्ष २९ का विश्व स्याङ्तान, वर्ष २९ का सुदीप पोख्रेल, बस्ने वर्ष २९ को प्रदीप ओझा र वर्ष ५२ को बहादुर थिङ रहेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूको साथमा रहेको ७ बुक तास, नगद ८१ हजार ३९० र गोट्टी सहितको काठको लुडो समेत फेला परेको छ ।
उनीहरूलाई जुवा सम्बन्धी कसूर मुद्धामा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद अनुमति लिई अनुसन्धान तथा कारबाही भइरहेको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया