पर्सा यातायातका हाकिमले २ कराेड ५१ लाख अकुत सम्पत्ति कमाएर पत्नीको नाममा लुकाए, भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत कमलराज गौतममाथि भ्रष्टाचार मुद्दा दायर गरृकाे छ ।

मंगलबार अख्तियारले यातायात व्यवस्था कार्यालय पर्साका आठौँ तहका अधिकृत गौतमले पदमा बाहल हुँदा २ करोड ५१ लाख ७८ हजार ६८७ रुपियाँ ७१ पैसा गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गौतम उक्त पदमा २०५५ साल वैशाख ७ गतेदेखि ०७९ चैत २४ गतेसम्म रहेको र साे अवधिमा २ करोड ८९ लाख २० हजार २६८ रुपियाँ १८ पैसा वैध रकम जम्मा गरेको पनि अख्तियारले उल्लेख गरेको छ ।

उनले सार्वजनिक पदमा रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेको र श्रीमती सरला नेपालको नाममा राखेको पाइएको पनि अख्तियारको भनाइ छ ।

अख्तियारले नेपाललाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

Published : Tuesday, 2025 June 17, 3:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया