संसदमा रास्वपा नेतृत्वविहीन, गृहमन्त्रीको राजीनामाको मागमा नराम्ररी फस्यो : एमाले

काठमाडौं । एमालेका नेता विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई संसद चलोस् वा नचलोस् त्यसमा कुनै प्रवाह नरहेको कठोर टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत नेता रिजालले रास्वपा संसदमा नेतृत्व विहीन हुन पुगेको बताए । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा लामिछाने जेलमा छन् । उनले आफ्ना सांसदहरूलाई अन्टसन्ट निर्देशन दिँदा संसदमा नेतृतव विहीन हुन पुगेका छन् । संसदीय दलको नेता नहुँदाको परिणाम रास्वपाभित्र परेको छ ।

गृहमन्त्रीको राजीनामा माग गरेर रास्वपाले ठूलो गल्ती गरेको र नराम्रोसँग फसेको बताएका छन् ।

उनले भने, ‘हौसिएर गृहमन्त्रीको राजीनामाको माग उठाइहालेपछि दुई बुँदे सहमतिको रुमालले मुख छोप्दै पछि हट्दा माओवादी आफ्नै पंक्तिभित्र तीब्र आलोचित भइरहेको छ ।’

‘यसभन्दा ठूलो संकटमा रास्वपा फसेको छ,’ एमाले नेता रिजालले भने, ‘रविजी जेलमा हुनुहुन्छ र उहाँलाई संसद् चल्नु÷नचल्नुसँग मतलब छैन ।’

एमाले नेता रिजालले भने, ‘संसदमा रास्वपा नेतृत्वविहीन छ । गृहमन्त्रीको राजीनामाको मागमा नराम्ररी फसेको छ ।’

‘रास्वपाले जति अवरोध गर्छ, त्यति अप्ठेरोमा पर्छ,’ रिजालले भने, ‘जब पछि हट्छ, त्यसपछि माओवादीको भन्दा पनि बढी आलोचना हुन्छ ।’

‘सायद यसैलाई भन्छन्, नखाऊँ भने दिनभरिको शिकार, खाउँ भने…..’, एमाले नेता रिजालले उखानमा भनेका छन् ।

सहसचिव तीर्थराज भट्टराईको कमीकमजोरी वा गल्तीलाई लिएर रास्वपाका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका थिए । उनीहरूले गृहमन्त्री लेखकको राजीनामा राजनीतिक पूर्वाग्रही भएर माग गरेका थिए । सोही कारण उनीहरूले उठान गरेको राजनीतिक एजेण्डामा कुनै दम थिएन ।

Published : Tuesday, 2025 June 17, 7:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया