सभापति देउवाद्वारा शास्त्रीको निधनप्रति गहिरो शोक व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।
सोमबार शोक वक्तव्य जारी गरेर देउवाले भने, ‘ढुण्डीराज शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’
देउवाले भने, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र निष्ठावान राजनीतिज्ञ, समाजवादी चिन्तक, पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ ।’
‘नेपाली कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरूमा उहाँले पु¥याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ,’ देउवाले भने ।
‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु,’ सभापति देउवाले भने, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया