राक्सिराङमा हतियार र साढे १ किलो अफिम बरामद

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बेबारिसे अवस्थामा लागुऔषध र हातहतियार नियन्त्रणमा लिइएको जनाएको छ ।
जेठ ३१ गते साँझ साढे सात बजे मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ ढुङ्गेनस्थित राजु स्याङतानको घर नजिकै लागुऔषध र हतियार बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।
चन्द्रलाल मोक्तानको बारीमा रहेको आँपको रुखको फेदमा प्लाष्टिकमा बेरेर सेतो बोराको झोलाभित्र लुकाईछिपाई राखिएको अवस्थामा घरेलु कटुवा पेस्तोल १ थान, गोली ५ राउण्ड र लागुऔषध अफिम जस्तो देखिने पदार्थ २ पोकामा १ किलो ४८० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
हतियार र लागुऔषधको मालिकका विषयमा खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Published : Monday, 2025 June 16, 11:26 am
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया