राक्सिराङमा हतियार र साढे १ किलो अफिम बरामद
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बेबारिसे अवस्थामा लागुऔषध र हातहतियार नियन्त्रणमा लिइएको जनाएको छ ।
जेठ ३१ गते साँझ साढे सात बजे मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ ढुङ्गेनस्थित राजु स्याङतानको घर नजिकै लागुऔषध र हतियार बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।
चन्द्रलाल मोक्तानको बारीमा रहेको आँपको रुखको फेदमा प्लाष्टिकमा बेरेर सेतो बोराको झोलाभित्र लुकाईछिपाई राखिएको अवस्थामा घरेलु कटुवा पेस्तोल १ थान, गोली ५ राउण्ड र लागुऔषध अफिम जस्तो देखिने पदार्थ २ पोकामा १ किलो ४८० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
हतियार र लागुऔषधको मालिकका विषयमा खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया