एमालेका नेता समेत रहेका यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कांग्रेसमा प्रवेश

काठमाडौं । नेकपा (एमाले)का नेता समेत रहेका नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

आइतबार वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाली काग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोश्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पदस्थापन समारोहमा सिटौला कांग्रेसमा प्रवेश गरेका हुन् ।

सभापति शेरबहादुर देउवाले वरिष्ठ उपाध्यक्ष सिटौलालाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन् । सदस्यता प्राप्त गरेपछि सिटौलाले कांग्रेस सभापति देउवा र कांग्रेसलाई धन्यवाद दिएका छन् ।

सिटौलाले आफ्नो क्षमता र बलबुताले भ्याएसम्म कांग्रेसको संगठन निर्माणमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

सिटौला कांग्रेसमा प्रवेश गर्ने क्रममा ठूलो संख्यामा उपस्थित यातायात व्यवसायी र मजदुरहरूले तालीले स्वागत गरेका थिए ।

Published : Sunday, 2025 June 15, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया