एमालेका नेता समेत रहेका यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कांग्रेसमा प्रवेश
काठमाडौं । नेकपा (एमाले)का नेता समेत रहेका नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आइतबार वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाली काग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोश्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पदस्थापन समारोहमा सिटौला कांग्रेसमा प्रवेश गरेका हुन् ।
सभापति शेरबहादुर देउवाले वरिष्ठ उपाध्यक्ष सिटौलालाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन् । सदस्यता प्राप्त गरेपछि सिटौलाले कांग्रेस सभापति देउवा र कांग्रेसलाई धन्यवाद दिएका छन् ।
सिटौलाले आफ्नो क्षमता र बलबुताले भ्याएसम्म कांग्रेसको संगठन निर्माणमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
सिटौला कांग्रेसमा प्रवेश गर्ने क्रममा ठूलो संख्यामा उपस्थित यातायात व्यवसायी र मजदुरहरूले तालीले स्वागत गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया