टिकटकमा गालैगलौज र साम्प्रदायिक गतिविधि गरेपछि रमा पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल टिकटकबाट उत्तेजक र साम्प्रदायिक सद्भाव भडकाउने गतिविधि गरेको अभियोगमा नेपाल प्रहरीको साइबर व्यूरो, भोटाहिटीले ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको छ ।
आपत्तिजनक गालीगलौज तथा साम्प्रदायिक भावनामा खलल पु¥याएको आरोपमा प्रहरीले आइतबार खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भएर भक्तपुर बस्दै आएकी रमालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
रमालाई अदालतमा उपस्थित गराइ अनुसन्धानका लागि ३ दिनको म्याद भएको छ ।
बस्नेतले आधारहीन विषय उठान गरेर समाजका प्रतिष्ठित राजनीतिज्ञहरूलाई गाली गरेर रमाले भिडियो पोस्ट गर्ने गरेको पाएपछि प्रहरीले कारबाही सुरु गरेको हो ।
रमाले टिकटक लाइभमा मधेशी समुदायलाई होच्याएर बोल्ने गरेको भेटिएको छ । रमाविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसूरमा अनुसन्धान गरिरहेको छ ।
रमाले नियोजित रूपमा सामाजिक सञ्जालमा संवेदनशील विषयवस्तुहरू राखेर जातीय द्वन्द्व निम्त्याउने, चरित्र हत्या हुने खालका सामग्री पोस्ट गर्ने र संस्थागत छविमा आँच पुर्याउने काम गरिरहेकी थिइन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया