लोड थाम्न नसकेर हेवाखोलाको पुल भाँचियो, ६ जना घाइते
फिदिम । पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छजना कामदार घाइते भएका छन् ।
शनिबार साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मेची राजमार्गअन्तर्गतको पुल भाँचिएको हो ।
करिब ७० मिटर लामो मोडुलार पुल भाँचिदा निर्माणमा खटिएका छ जना कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीले बताएका छन् ।
दुर्घटनामा बाराको सिमरा उप–महानगरपालिका १२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी र २५ वर्षीय भुलेश्वर चौधरी गम्भीर घाइते भएका छन् । ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी सामान्य घाइते भएका छन् ।
घाइतेहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको बुढाथोकीले बताए । लोड थाम्न नसकेर बेलिब्रिज भाँचिएको स्थानीयवासीले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया