यातायात कार्यालय चितवनबाट सरकारी कर्मचारी र बिचौलिया पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुरस्थित यातायात व्यवस्था कार्यालयमा छापा मारेको छ ।
शुक्रबार आयोगको टोलीले छापामारेर कार्यालयका कर्मचारी र एक बिचौलियालाई पौने दुई लाख रुपियाँसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । पक्राउ पर्नेमा कार्यालयका सहायक (पाँचौँ) ईन्द्रजित गुरुङको कार्यकक्षबाट नगदसहित गुरुङ र बिचौलिया सुरज पाठक रहेका छन् ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा व्यापक अनियमितता भएको उजुरीका आधारमा आयोगको टोलीले छापा मारेर १ लाख ८५ हजार रुपियाँ नगदसहित कार्यालय सहायकसहित बिचौलिया पक्राउ गरेको आयोगले जनाएको छ ।
उनीहरू ड्राइभिङ लाइसेन्स परीक्षामा फेल भएका परीक्षार्थीहरूसँग रकम लिई पास गराउने कार्यमा संलग्न थिए ।
महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टरका सञ्चालकसँग मिलेमतो गरी फेल भएका परीक्षार्थीहरूबाट वर्ग अनुसार १५ हजारदेखि २५ हजार रुपैयाँसम्म असुली हुने गरेको पाइएको छ ।
टोलीले कार्यालय प्रमुख विष्णु भट्टराईसहित अन्य कर्मचारीहरू तथा विभिन्न ड्राइभिङ सेन्टरका सञ्चालकहरूको ३१ थान मोबाइल, २ थान ल्यापटप र अन्य महत्वपूर्ण कागजातहरू पनि बरामद गरेको छ । ती उपकरणहरूबाट अनियमित लेनदेन तथा मिलेमतोका प्रमाण संकलन गर्न प्रयास भइरहेको अख्तियारले जनाएको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया