पत्रकारको सुरक्षा उसको सीप र दक्षता मात्र : पोख्रेल

बुटवल । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरूको सुरक्षा स्वयं आफ्नो सीप र दक्षता मात्र रहेको बताएका छन् ।
शुक्रबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘हाम्रो लामो अनुभवले भन्छ कि सरकार, प्रशासन, कानून कुनै पनि कुराहरू पत्रकारको सुरक्षाका लागि सहयोगी भएनन् ।’
पोख्रेलले भने, ‘हामी आफै आफ्नो मर्यादामा रहने, सीप प्रदर्शन गर्ने र अरुले प्रश्न उठाउने ठाउँ नदिने कुरामात्र हाम्रो सुरक्षाको हतियार हो ।’
‘को रहेछ त हाम्रा लागि ?,’ उनले भने, ‘हामीबीचको एकता, हाम्रो मर्यादाप्रतिको सजगता तथा सामाजिक उत्तरदायित्वप्रतिको संकल्प नै हामीलाई अगाडि बढाउन प्रेरित गर्ने कुराहरू रहेछन् ।’
पोख्रेलले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो दायित्वबाट च्यूत नहुन पत्रकारहरूलाई अपील गरेका छन् ।
उनले भने, ‘हामीमाथी प्रहारका श्रीङ्खला निरन्तर छन् । हामी दायित्वबाट भाग्न हुँदैन । निर्भक पत्रकारिता मार्फत सत्यको अन्वेशण गर्ने दक्षताले नै समाज रुपान्तरणमा योगदान पुग्छ ।’
समाजलाई पारदर्शी र जवाफदेही बनाउँने अभियानले नै प्रेसप्रति आक्रमण गर्नेहरूलाई निरुत्साहीत गर्ने उनले बताए ।
समाजमा गलत तथ्याङ्क प्रस्तुत गर्दै गलत भाष्य निर्माण गर्ने प्रवृत्ति बढिरहेकोप्रति पत्रकारिता क्षेत्र गम्भीर हुनुपर्ने पोख्रेलले बताएका छन् ।
केही पनि भएको छैन भन्ने भाष्यलाई तथ्य तथ्याङ्कको अनुसन्धान गरी यथार्थको चित्रणमार्फत निरुत्साहित गर्न सकिने उनले बताए ।
‘केही पनि भएको छैन भन्ने भाष्यको आधारमा संभावना र उपलब्धिमाथि नजरअन्दाज गर्ने काम भैरहेको छ,’ उनले भने, ‘यस्ता भाष्यलाई गलत सावित गर्दै नयाँ आशा र उत्साहको वातावरण सिर्जना गर्ने सामथ्र्य पत्रकारिताले मात्र राख्न सक्छ ।’
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया