शिवपुरीमा कलेज हल अफ फेमद्वारा प्रधान सेनापतिलाई सम्मान
काठमाडौं । सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललाई कलेज हल अफ फेमद्वारा सम्मान गरिएको छ ।
शुक्रबार कलेजमा आयोजित अधिष्ठापन समारोहमा शिक्षाध्यक्ष उपरथी चोकबहादुर ढकालले प्रधान सेनापतिलाई सम्मानको प्रमाणपत्र प्रदान गरेका हुन् ।
विभिन्न शिक्षण संस्थाहरूबाट तालिम प्राप्त गरेका शिक्षार्थीहरू मध्ये विशेष नियुक्ति र पद हासिल गर्नेहरूलाई सम्मान गर्ने र उनीहरूको तस्बिर विशेष कक्षमा राखी सम्मान प्रकट गर्ने प्रचलन अनुरूप सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उक्त समारोह आयोजना गरिएको हो ।
नेपाली सेनाको इतिहासमा सैनिक कमाण्ड तथा स्टाफ कलेजबाट दीक्षित हुने शिक्षार्थीमध्ये प्रधान सेनापतिको नियुक्ति पाउने महारथी सिग्देल तेस्रो हुन् ।
यसअघि महारथी प्रभुराम शर्मा (अ.प्रा.) र महारथी पूर्णचन्द्र थापा (अ.प्रा.)ले पनि उक्त सम्मान प्राप्त गरेका थिए ।
उक्त अवसरमा प्रधान सेनापति सिग्देलले सैनिक कमाण्ड तथा स्टाफ कलेजको निरीक्षण गर्नु भई कलेजको विविध पक्षबारे जानकारी समेत लिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया