श्रेष्ठको संगीत र करणको स्वरमा ‘नछोप ती गलाबझैँ अधर’ गजल रिलिज

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठको संगीतमा ‘नछोप ती गुलाबझैँ अधर’ गजल रिलिज भएको छ ।

गजलकार देवी घिमिरेको शब्द रहेको गीतमा गायक करण परियारको स्वर रहेको छ । सङ्गीतसंयोजक मनोहर सुनाम हुन् ।

संगीतकार श्रेष्ठले लामो समयपछि राम्रो गजलमा संगीत दिन पाएको बताए । उनले भने, ‘गजलहरू आउन कम भएको जस्तो लागेको छ । यस्तो समयमा गजलमा संगीत भर्न पाउनु मेरो लागि खुसीको कुरा हो ।’

Published : Friday, 2025 June 13, 5:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया