एआइजी कार्कीको शब्दमा ‘गुन्यु चोली पटुकी’ रिलिज
काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीको शब्दमा राष्ट्रप्रेम जागृत गराउने बालगीत रिलिज भएको छ ।
‘गुन्यु चोली पटुकी’ बोलको बाल गीतमा अनुजा कँडरियाको छ । संगीत बसन्त सापकोटाले दिएका छन् ।
एआईजी कार्कीले नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउन र आफ्नो संस्कृति र भेषभुषाप्रति गौरव गराउन बाल गीत लेखेको बताएका छन् । बालबालिकामा सानैदेखि राष्ट्रप्रेम, भेषभुषा, समाज, संस्कृतिबारे जानकारी गराउन पनि गीतको शब्द लेखिएको उनले बताए ।
‘गुन्यु, चोलो र पटुकी नेपाली संस्कृति र भेषभुषाका अभिन्न अंग हुन्,’ एआईजी कार्कीले भने, ‘हाम्रो यो संस्कृति नयाँ आउने पुस्ताले बिर्सिदै जाला कि भन्ने अवस्थामा यो गीत लेखिएको हो ।’
उनले भने, ‘गीतमा अभिव्यक्ति विषयले म मेरो देशप्रति गर्व गर्छु, मेरो भेषभुषाप्रति गर्व गर्छु भन्ने सन्देश बोक्न खोजेको छ । गीतले नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउने र आफनो संस्कृति र भेषभुषाप्रति गौरव महसुस गराउन भूमिका खेल्न सक्छ ।’
गीतको म्युजिक भिडियोमा बाल कलाकार आन्भी ओलीले अभिनय गरेकी छिन् । पवन सुस्लिङको छायाङ्कन, सम्पादन र कलरिङ रहेको यो गीतको भिडियो निर्देशन किरन थापाले गरेका हुन् ।
एआइजी कार्कीले अघिल्लो वर्ष प्रहरी प्रवक्ता हुँदा ‘दसैँ–तिहार’ बोलको पनि लेखेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया