मुख्य न्यायाधीश र न्यायाधीशहरूको नियुक्ति तथा पदस्थापना

काठमाडौं । न्याय परिषदले उच्च अदालतको मुख्य न्यायाधीश पदमा नियुक्ति तथा पदस्थापना सिफारिश गरेको छ ।

शुक्रबार काठमाडौंमा बसेको परिषद बैठकले उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा राजनप्रसाद भट्टराईलाई सिफारिश गरेको छ । भट्टराई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा रहेका थिए ।

उच्च अदालत पाटनका लालबहादुर भण्डारीलाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ ।

उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गा भइ उच्च अदालत तुलसीपुरमा काजमा रहेका हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिश भएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका राजेश्वर तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उच्च अदालत दिपायल दरबन्दी रही वैदेशिक रोजगार न्यायाधिकरणमा रहेका गोकर्ण डाँगीलाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सरुवा सिफारिस गरिएको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौँडा इजलासमा कार्यरत न्यायाधीश शान्ता सेढाई सापकोटालाई तोक्न सिफारिस भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2025 June 13, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया