मुख्य न्यायाधीश र न्यायाधीशहरूको नियुक्ति तथा पदस्थापना
काठमाडौं । न्याय परिषदले उच्च अदालतको मुख्य न्यायाधीश पदमा नियुक्ति तथा पदस्थापना सिफारिश गरेको छ ।
शुक्रबार काठमाडौंमा बसेको परिषद बैठकले उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा राजनप्रसाद भट्टराईलाई सिफारिश गरेको छ । भट्टराई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा रहेका थिए ।
उच्च अदालत पाटनका लालबहादुर भण्डारीलाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ ।
उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गा भइ उच्च अदालत तुलसीपुरमा काजमा रहेका हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिश भएको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका राजेश्वर तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उच्च अदालत दिपायल दरबन्दी रही वैदेशिक रोजगार न्यायाधिकरणमा रहेका गोकर्ण डाँगीलाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सरुवा सिफारिस गरिएको छ ।
वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौँडा इजलासमा कार्यरत न्यायाधीश शान्ता सेढाई सापकोटालाई तोक्न सिफारिस भएको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया