दिलभूषणजी जस्तोले बजाएको समाचारमा सत्यता हुँदैन भन्ने कुरा पुष्टि भयाे : कांग्रेस नेता चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले दिलभुषण पाठकलाई जस्तो पाको पत्रकारले भ्रामक कथा बनाएर अनधिकृत युट्युब र सञ्चारमाध्यम सार्वजनिक गर्दा कानूनको फन्दामा परेको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत नेता चौधरीले लेखेका छन्, ‘दिलभूषणजी यति पाको जर्नलिस्ट तर, बिना कुनै तथ्य सस्तो लोकप्रियता को कथा बजाएर आज अनाहकमा फन्दामा पर्नु भएको छ ।’
‘हाम्रो समाजको बुझाई मिडियामा आएको सतप्रतिशत ठीक हुन्छ भन्नेछ त्यसमा पनि दिलभूषणजी जस्तो जर्नलिस्टले तर, अब दिलभूषणजी जस्तोले बजाएको समाचारमा सत्यता हुँदैन भने ?’
‘तर कसैले पनि समाजलाई दिग्भ्रमित बनाउनु हुँदैन,’ कांग्रेस नेता चौधरीले भनेका छन् ।
पत्रकार पाठकले जयबीर देउवाविरुद्ध दर्ता नै नरहेको सामाजिक सञ्जाल युट्युबबाट चरित्रहत्या हुने भ्रामक र अफबाह फैलाउने गरेर सामग्रीहरू राखेपछि प्रेस काउन्सिल नेपालसँगको रायसुझावमा साइबर व्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिएर कानूनी कारबाही अगाडि बढाएको छ ।
कानून विपरितका अबैध गतिविधि गर्ने पत्रकार पाठक भूमिगत भएका छन् । पक्राउ हुनबाट बच्न तथा कारबाही प्रक्रिया रोक्न सक्दो प्रयास गरिरहेका छन् । पाठक जस्ता अराजक व्यक्तिलाई प्रहरीले किन कारबाही गर्न ढिलाइ गरिरहेको छ ? प्रश्न उठेको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया