दिलभुषणको आधारहशीन र हावादारी समाचार, सामान्य मर्यादा पनि छैन : एमाले नेता रिजाल

काठमाडौं । एमालेका नेता विष्णु रिजालले व्यक्तिको चरित्रहत्या हुने गरेर पत्रकारिताका नाममा मनगढन्ते सामग्रीहरू प्रस्तुत गर्नु उचित नरहेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत नेता रिजालले लेखेका छन्, ‘पत्रकार दिलभुषण पाठकले तीन साताअघि आफ्नो व्यक्तिगत युट्युब च्यानलमा ‘हिल्टनमा जयवीर देउवाको पैसा ! शीर्षकमा तथ्य÷तथ्याङ्क, कागजात, कसैको भनाइ– केही पनि नराखेर ‘२५ अर्ब रुपियाँमा किनेको’ भनेर ४ मिनेट १५ सेकेन्डको भिडिओ सामग्री अपलोड गर्नुभएको छ ।’
‘भिडिओमा हिल्टन होटल विक्रीसम्बन्धी न कुनै कागजात उल्लेख छ, न कसैले खरिद–बिक्री भयो भनेर ‘कोट’ दिएको छ, न त्यसमा आारोपित गरिएका कुनै व्यक्तिसँग सोधिएको छ,’ उनले भने ।
‘बरु, हिल्टन होटलले खरिदबिक्री भएकै छैन भनेर जारी गरेको बक्तव्य उल्लेख छ,’ एमाले नेता रिजालले भने, ‘अरु दुई व्यापारीसँग जोडेर शेरबहादुर÷आरजु देउवाका छोरा जयवीर देउवाको विदेशमा पनि व्यापार रहेको दावी आधारहीन गरिएको छ ।’
एमाले नेता रिजालले भने, ‘यस्ता आधारहशीन र हावादारी समाचार उत्पादनबाट समाजलाई कसरी बचाउने ? कुनै तथ्य–प्रमाण र पत्रकारिताको सामान्य मर्यादा (कम्तीमा सम्बन्धित व्यक्तिको कोट राख्नेसम्म पनि कष्ठ नगरी) ख्याल नगरी निर्माण गरिएका सामग्रीलाई कसरी पत्रकारिताको परिभाषाभित्र राख्न सकिन्छ ?’
‘एकातिर युट्युबरबाट पत्रकाररितालाई बचाउने चुनौती छभने अर्कातिर यस्ता आधारहीन सामग्रीले पत्रकारितालाई थप अविश्वसनीय बनाइरहेको छ,’ उनले भनेका छन् ।
साइबर अपराधको कसूरमा पाठकलाई कारबाही गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीको अनुमति लिएको छ । पाठक फरार छन् । पाठकलाई गिरफ्तार गर्न प्रहरीले सकिरहेको छैन ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया