व्यूराेद्वारा गाेली हनेेर दुई तस्करलाई गिरफ्तार

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले काठमाडौंमा गोली चलाएको छ ।

मंगलबार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले मंगलबार दिउँसो टोखा नगरपालिका–३, ग्रान्डी अस्पताल पछाडि तीन राउन्ड फायर गरेको हो । गोली लागेर भारतको पश्चिम बंगाल इस्लामपुर घर भएका ४० वर्षीय सालिक आलम र बिहानका २२ वर्षीय मन्जुर आलम घाइते भएका छन् । उनीहरूको खुट्टामा गोली लागेको छ ।

पक्राउ गर्न गएको प्रहरी टोलीलाई रड प्रहार गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए । उनीहरूको रड प्रहारबाट वरिष्ठ हवल्दार नवराज घिसिङ र सहायक हवल्दार रवीन्द्र केसी घाइते भएको ब्युरोले जनाएको छ ।

ब्युरोको टोलीले सुरुमा सुन्धाराबाट लागुऔषध कारोबारी पटना घर भएका सुमितकुमार र चन्दनकुमार जैसवाललाई पक्राउ गरेको थियो । उनीहरूमाथि सोधपुछको क्रममा मुख्य डिलर टोखामा रहेको खुलेपछि उनीहरूलाई पक्राउ गर्न जाने क्रममा मुठभेड भएको हो ।

उनीहरूबाट करिब दुई सय ग्राम खैरो हेरोइन बरामद भएको ब्युरोले जनाएको छ । उनीहरू खैरो हेरोइनका ठुला कारोबारी भएको प्रहरीले जनाएको छ ।

Published : Tuesday, 2025 June 10, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया