दुर्गमका महिलालाई सिटामाेल छैन, महाेत्सवमा गायिकाकाे पेट दुखेपछि सेनाद्वारा हेलिकप्टरबाट उद्वार

काठमाडौं । माेटाे पारिश्रमिक लिएर सांगीतिक प्रस्तुतिका लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमालकाे पेट दुखेपछिलाई नेपाली सेनाले हतार हतार हेलिकप्टर पठाएर उद्वार गरेको छ ।

हुम्ला, डाेल्पा लगायतका महिलाले उपचारमा सिटामाेल पनि नपाएर तथा सुत्केरी हुँदा उपचार नपाएर ज्यान गुमाएका समाचार आइरहेका बेला सेनाले व्यावसायिक कार्यक्रममा प्रस्तुति दिन रुकुम पश्चिम पुगेका बेला बिरामी भएको भन्दै हेलिकप्टरबाट उद्वार गरेपछि आलोचना भइरहेको छ ।

हेलिकप्टरबाट झर्ने बेला गायिका रिमाललाई केही नभएको जस्तो देखिएकाे छ । उनी गम्भीर स्वास्थ समस्यामा रहे जस्ताे देखिएकाे छैन ।

गायिका रिमालकाे आर्थिक अवस्था पहिलाकाे जस्तो कठिन छैन । महिनामै ५ देखि १० दस लाखसम्म कमाउने गर्छिन् । हेलिकप्टरकाे भाडा तिर्न सक्ने अवस्थामा गायिका रिमाल छिन् । सेनाले सस्तो लाेकप्रियताका लागि गायिका रिमाललाई हेलिकप्टरबाट उद्वार गरेपछि आलाेचनाकाे केन्द्रमा परेकाे छ ।

महाेत्सवबाट नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर उनलाई नेपालगञ्ज लगिएको थियो । सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर गायिका रिमाललाई नेपालगञ्ज लगिएको थियो । रिमाललाई मंगलबार बिहान काठमाडौं ल्याएर धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना गरिएको स्रोतले जानकारी दिएकाे छ । हेम्स अस्पताल जस्तो महँगो अस्पतालमा उपचार गराउन सक्ने हैसियत भएकी गायिका रिमालसँग सेनाले हेलिकप्टरकाे भाडा लियाे वा लिएन केही भनिएकाे छैन ।

गायिका रिमाल रूकुम पश्चिमस्थित सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन पुगेकि थिइन् । तयारी थियो । महाेत्सवमा प्रस्तुति दिए वापत रिमालले माेटाे रकमकाे पारिश्रमिक माग गरेको आयाेजकले जनाएको छ ।

Published : Tuesday, 2025 June 10, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया