रानीचौर सामुदायिक वनका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले जाजरकोटस्थित भेरी नगरपालिका-१० को रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको र गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले शाहीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

वनको राजस्व रकम हिनामिना गरेको उजुरी परेपछि अनुसन्धान गर्दा शाहीले नेपाल बैंक लिमिटेड जाजरकोट शाखामा रहेको खाताबाट ०७८ चैत २० गते ७ लाख रकम झिकेर ६३ हजार ९५३ रुपैयाँ दाखिला गरी झिकेको रकमको मात्रै राजस्व दाखिला गरेको अख्तियारले उल्लेख गरेको छ ।

शाहीले कृषि विकास बैंकले १४ वटा झुटा तथा नक्कली राजस्व दाखिला गरी कुशे व्यावसायिक परामर्श तथा अनुसन्धान सेवाबाट लेखापरीक्षण गराइएको भनी ७ वटा नक्कली बिल, राज परामर्श सेवाबाट सेवा लिएको भनी एउटा नक्कली बिल र होटल धौलागिरी एण्ड रेष्टुरेन्टको ३ वटा नक्कली बिल तयार पारी उपभोक्ता समूहमा पेस समेत गरी गैरकानुनी लाभ र उपभोक्ता समूहको खातामा रहेको ६ लाख ३६ हजार ४७ रुपियाँ बदनियतपूर्वक हिनामिना गरेको आरोप छ ।

Published : Tuesday, 2025 June 10, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया