नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा.अधिकारीले ऋण दिँदा घुस लिने गरेको तथ्य बाहिर आयाे

काठमाडौं । नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले ऋण उपलब्ध गराइदिने भन्दै व्यवसायीसँग घुस लिने गरेको तथ्य बाहिर आएको छ ।

भुसाल हस्पिटालिटीअन्तर्गत र्‍याडिसन प्रोजेक्ट, हिमाल–तराई कन्स्ट्रक्सन प्रालि, अकलादेवी ट्रेडर्ससँग डा. अधिकारीले ऋण दिलाउन सहजीकरण गरिदिन्छु भनी घुस लिएको पाइएको छ ।

तत्कालीन अध्यक्ष डा. अधिकारीसहित घुस उपलब्ध गराउने व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन फरकफरक मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा दायर गरिएको आरोपपत्रमा तीनवटा कम्पनीबाट डा. अधिकारीले ७४ लाख घुस लिइएको देखिएको छ ।

Published : Tuesday, 2025 June 10, 3:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया