आइजीपी थापाद्वारा विभागकाे निरीक्षण, एआइजी कार्कीद्वारा स्वागत

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागको निरीक्षण गरेका छन् ।

आइतबार आइजीपी थापाले विभाग निरीक्षणका साथै मातहतलाई निर्देशन सम्बोधन गरेका छन् । उनले प्रहरी कर्मचारीलाई अन्याय नहुने गरि कार्यसम्पादन गर्न भनेका छन् ।

आइजीपी थापालाई विभागका प्रमुख समेत रहेका एआइजी दानबहादुर कार्कीले स्वागत गरेका थिए । एआइजी कार्कीले आइजीपी थापालाई विभागकाे कामकारबाहीका विषयमा जानकारी गराएका थिए ।

Published : Sunday, 2025 June 8, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया