लुम्बिनी कांग्रेसकी टीके सांसद निमा गिरीले देखाइन् सत्ताको ध्वाँस, दिइन धम्की

मसुरिया । लुम्बिनी प्रदेश सभाकी समानुपातिक (टीके) सांसदले प्रमुख सचेतक पदबाट राजीनामा दिएकाे समाचार किन लेखेको भनेर रिपब्लिका दैनिक डटकमका कार्यकारी सम्पादकलाई धम्की दिएकी छन् ।
आइतबार देउखुरीकाे मसुरियास्थित लुम्बिनी प्रदेश सभामा रहेकाे कांग्रेस संसदीय दलकाे कार्यालय परिसरमा तल्लाे तहका अपशब्द सहित सांसद पदकाे गरिमा विपरित जथाभावी बाेलेर धम्की दिएकी हुन । प्रमुख सचेतक पदबाट राजीनामा दिएकाे समाचार लेखेकोप्रति गिरीलाई झाेंक चलेकाे आक्राेश पाेखेकी हुन् । गिरीले एनजीओकाे कार्यक्रमहरूमा सहभागी भएको समाचारकाे पनि विराेध गरेकी छिन् ।
कांग्रेसकी समानुपातिक सांसद गिरीलाई समाचारप्रति चित्त नबुझे खण्ड पठाउने, प्रेस काउन्सिल नेपालमा जाने कानूनी सुविधा रहेकाे जानकारी गराउँदा समेत पत्रकारलाई हातैहालौला जस्तो गरेर रिसाएर आक्राेश पाेखेकी थिइन् ।
कांग्रेस महामन्त्री गगनकुमार थापा निकट मानिने समानुपातिक सांसद गिरीले धेरै ठाउँमा रुखाे व्यहाेरा देखाउने गरेकाे आराेप छ । उनले महामन्त्री थापाकाे नाम लिएर धेरैलाई धम्काउँदै राजनीति सकाइदिने चेतावनी दिने गरेकी छिन् ।
गृहजिल्ला प्यूठानमा टीके सांसद गिरीले विकासका याेजना हाल्न पनि सकेकी छैनिन् । उनकाे बारेमा प्यूठानमा धेरै चर्चाहरू चल्ने गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारमा मन्त्री बन्छु भनेर कांग्रेस प्रमुख सचेतकबाट राजीनामा दिएकी थिइन् । मन्त्री पनि पाइनन् । प्रमुख सचेतक पद पनि फुत्कियाे ।
लुम्बिनी प्रदेश सभामा बाेल्ने क्रममा विषयवस्तु भन्दा बाहिर गएर अभिव्यक्ति दिँदा सांसदहरूले नै आलोचना गर्दै आएका छन् । उनले पछिल्लो पटक बाेल्दा गतिलाे माइक चाहियाे भनेर माग गरेकी थिइन् ।
प्यूठानमा विकासका कार्यक्रम हाल्न वा सिन्काे पनि भाँच्न नसकेको भनेर कांग्रेसका कार्यकर्ताले जिल्लाबाट लखेट्ने बेला आउन लागेका बेला पत्रकारमाथि झाेंक देखाएकि छिन् । रिपब्लिका दैनिकले टीके सांसद गिरीकाे व्यक्तिगत चरित्रहत्या हुने समाचार लेखेकाे छैन ।
गिरीले यस्तै हर्कत गर्दै गइन भने चौतर्फी एक्लिने सम्भावना बढेर गएकाे छ । उनका सामाजिक सञ्जाल हेर्ने हाे भने निच अभिव्यक्तिका भिडियोहरू र स्टाटस देख्न सकिन्छ । गिरीले महामन्त्री गगन थापाकाे बद्नाम गर्दै आएकी छिन् । जहाँ पनि महामन्त्री थापाकाे नाम लिएर धम्की दिने गरेकाे पीडतहरूले बताउने गरेका छन् ।
महामन्त्री थापाकाे गुट परित्याग गरेर अर्को गुटमा प्रवेश गरेन गिरीले वार्ता र भेटघाट गरेकाे एक वर्ष अगाडि सबैले थाहा पाएका थिए ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया