विपक्षी दलहरूद्वारा आइतबार पनि संसद चल्न दिएनन्, अबरोध खाेल्न दिनभरि प्रयास

काठमाडौं । विपक्षी दलहरूको अबरोध भएपछि प्रतिनिधि सभाकाे बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।
आइतबार ढिला गरेर शुरु भएको संसदकाे बैठकमा विपक्षी दलहरू माओवादी केन्द्र, रास्वपा र राप्रपाले अबरोध गरेका हुन् । उनीहरूलाई आफ्नो सिटमा बसेर बैठक सञ्चालनमा सहयाेग गर्न सभामुखले पटक पटक आग्रह गरेका थिए ।
उग्ररूप प्रतिशाेध झल्किने गरेर प्रस्तुत भएका विपक्षी दलहरूले संसदकाे बैठक सञ्चालन हुन दिएनन् । विपक्षी दलहरूले दुई हप्तादेखि निरन्तर संसद अबरोध गर्दै आएका छन् । उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् । सहसचिवले गरेकाे सम्भावित गल्तीलाई लिएर विपक्षी दलहरूले गृहमन्त्रीकाे राजीनामा माग गर्दै आएका छन् ।
संसद खुलाउन नेपाली कांग्रेस र एमाले तथा प्रधानमन्त्री केपी ओलीबाट निरन्तर प्रयास भइरहेका छन् । संसद अबराेध हुँदा बजेटमाथिकाे छलफल प्रभावित भएको छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया