टेलिकमकी प्रबन्ध निर्देशक संगीतासहित १८ जनाविरुद्ध ३३ कराेडकाे भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, सुनिल पौडेलसहित १८ जनाविरूद्ध ३३ कराेडकाे भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आइतबार आयोगले ३३ कराेड बराबरको बिगाे र कैदकाे मागसहित विशेष अदालतमा १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिएका छन् ।
सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक थिए । उनीविरूद्ध विभिन्न मुद्दामा भ्रष्टाचार गरेको आरोप छ ।
नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोप छ ।
Published : Sunday, 2025 June 8, 2:33 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया