कांग्रेसको भ्रातृ संस्था दलित संघको कार्यसम्पादन समितिमा सदस्यहरू मनाेनयन

काठमाडौं । नेपाली काग्रेसकाे भ्रातृ संस्था नेपाल दलित संघकाे केन्द्रीय कार्यसम्पादन समितिमा २२ जनालाई मनोनीत गरिएको छ ।
नेपाल दलित संघको विधानको धारा १६ को उपधारा ५ बमोजिम २२ केन्द्रीय सदस्य केन्द्रीय कार्यसम्पादन समितिमा मनोनीत भएका हुन् ।
संघको विधानको अधिनमा रहेर संगठन विस्तार एवम् संघको गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्न संघका अध्यक्ष लोकबहादुर बिश्वकर्माले प्रेस विज्ञप्ति जारी गर्दै अनुरोध गरेका छन् ।
संघका केन्द्रीय सदस्य शम्भु हजारा दुसाद, मुक्तबहादुर महते, लोकेन्द्र विश्वकर्मा, रामवरण पासवान, मन्जित ताम्राकार, धनमान बराइली, भीमसेन दमाई, वीरबहादुर विक, हर्कबहादुर विश्कर्मा, गोपालबहादुर विश्वकर्मा, गोपालबहादुर विके र रामसुन्दर महरा मनोनीत भएका छन् ।
शिव सुनार, धर्म नेपाली, बालकुमार विश्वकर्मा, केदार गहतराज, विष्णुभक्त बराइली, राजेन्द्र घताने, रुपा सुनार, सञ्जुसिंह विश्वकर्मा, प्रेम विश्वकर्मा, पवित्रा विश्वकर्मा र हरिहर परियार मनोनीत भएका हुन् ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया