ईद पर्वमा मोबाइलमा शुभकामना धुन बजाउन सचिव राधिका अर्यालद्वारा अस्वीकार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुस्लिम समुदायको ईद पर्वका अवसरमा नेपाल टेलिकम र एनसेलमा शुभकामनाको धुन बनाउन अस्वीकार गरिदिएको छ ।

पञ्च काश्मिरा तकिया, काठमाडौं सञ्चालक समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई जेठ १६ गते पत्र लेखेर एनटीसी र एनसेलमा ईद पर्वको अवसरमा ईद मुबारक धुन बनाउन आदेश गर्न आनुरोध गरेको थियो । तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले शुल्क लिएर मात्रै ईद पर्वको अवसरमा ईद मुबारक धनु बनाउन तोक आदेश लगाएकी थिइन् ।

नेपाली कांग्रेसका नेता डा.अबुल हुसैन अन्सारीले ईदका पर्वका अबसरमा ईद मुबारक धुन बनाउन सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले आफूहरूको मागको सुनुवाई नगरेको भन्दै आपत्ति प्रकट गरेका छन् । उनले मुस्लिम समुदायमाथि सरकारले भेदभाव गरेको गुनासो गरेका छन् ।

जेठ २४ र २५ गते ईद मुबारक धुन बनाउन मुस्लिम समुदायले अनुरोध गरेका थिए । ईद पर्वको दिन नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर सार्वजनिक विदा समेत दिएको छ । विगतमा एनटीसी र एनसेलमा ईद मुबारक धुन बज्दै आएको थियो ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरि निरौलाले एनटीसी र एनसेलमा धुन बजाउने कुरा उनीहरूको विषय भएको बताए । उनले कानूनले के भनेको छ ? सोहीअनुसार हुने बताए ।

Published : Thursday, 2025 June 5, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया