डीआईजी घिमिरेलाई प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई तोकेको छ ।
घिमिरे नेपाल प्रहरी महानिरीक्षकको सचिवालय कार्यरत छन् । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि डीआईजी घिमिरेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी नायव महानिरीक्षक घिमिरेलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिनेछ । सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई सह–प्रहरी प्रवक्ता तथा सूचना अधिकारी तोकिएको छ ।
Published : Thursday, 2025 June 5, 6:00 pm
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया