जोखिम रहेका सडकमा राति सवारी साधन नचलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखक केही दिनयता विपद् प्रतिकार्यको पूर्वतयारीलाई दुरुस्त राख्न र मातहतको सकारोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

मुलुकभर मनसुन भित्रिने क्रमसँगै त्यसबाट जनजीवन प्रभावित हुन सक्ने आँकलन भइरहेका बेला गृहमन्त्री लेखकले विपद् प्रतिकार्यको पूर्वतयारीलाई तिव्रता दिएका हुन् ।

मनसुन भित्रने क्रमसँगै विपद् प्रतिकार्यका लागि मन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र काठमाडौंमा रहेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय पुगेर निरीक्षणका साथै आवश्यक पूर्वतयारीको बन्दोबस्तीका बारेमा निरन्तर जानकारी लिएका छन् ।

गत वर्षको बाढीले जनधनको ठूलो क्षति व्यहोरोको मुलुकले यस वर्ष भने झनै ठूलो विपद् आउने पूर्वानुमानसँगै गृह प्रशासन त्यसको प्रतिकार्यमा थप सशक्त ढंगले अघि बढेको हो ।

विगत तीन दिन यता गृहमन्त्री लेखकले पूर्वतयारीका विषयमा सरोकारावाला निकायसित समन्वय बढाउनुका साथै गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सुरक्षा संयन्त्रसित भर्जुवल बैठकबाट विपद् प्रतिकार्यको पूर्वतयारीमा चनाखो हुन निर्देश गरेको छ ।

गृह मन्त्रालयले विगतको विपदका घटनाहरूलाई सिकाइका रुपमा लिदैं आफूसित भएका प्राविधिक जनशक्ति र उपकरणलाई समेत तयारी हालतमा राख्न र स्थानीय सरकार, प्रदेश सरकारसित समन्वय बढाउन आग्रह गरेको छ ।

बुधबार विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले विपदको जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन निर्देशन दिएका छन् । उनले समिति स्रोत र साधनका बिच प्रहरी संयन्त्र विपद् प्रतिकार्यमा खटिनुपर्ने बाध्यताको अन्त्य गर्न मन्त्रालय अग्रसर रहेको बताए ।

वर्षातको समयमा बाढी, पहिरो र डुवानको बढी जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्ने बताए । जेष्ठ २८ गतेबाट मनसुन सक्रिय हुने अनुमान गृहमन्त्री लेखकले बताएका छन् ।

उनले राष्ट्रिय आपत्कालीन कार्यसंचालन केन्द्र (एनइओसी)को एउटा शाखा राख्नुपर्ने बताएका छन् ।

मनसुनजन्य विपदका खतरा देखिएको ठाउँमा राति गाडी चलाउन रोक्ने कुरालाई गम्भीरतापूर्वक लागू गर्नुपर्ने गृहमन्त्री लेखकले निर्देशन दिएका छन् ।

Published : Thursday, 2025 June 5, 1:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया