८१ करोडकाे अनलाइन जुवा, १७ जना पक्राउ, लमहीका राउत पनि गिरफ्तार

काठमाडौं । अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले १७ जनालाई पक्राउ गरेको जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ५ जना भारतीयसहित १२ जना नेपाली नागरिक गरी १७ जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
विभिन्न देशका नागरिकहरूलाई ह्वाट्सएप/टेलिग्राम मार्फत सम्पर्कमा ल्याई विभिन्न अनलाइन बेटिङ साइटहरूको प्रयोग गरी हारजित हुने तवरले व्यवसायिक रूपमा अनलाइन जुवा खेल्ने/खेलाउने कार्य भइरहेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी टोलीले ललितपुरको जैनखेल भ्यूटावरस्थित घर र नख्खुस्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिई अनलाइन जुवा खेलाउने र खेल्ने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट ल्यापटप १४ थान, मोबाइल ६० थान, विभिन्न बैंकको चेकबुक र वचत पासबुक ९ थान, विभिन्न व्यक्तिहरूको नामको भिसा कार्ड १५ थान, नेपाली राहदानी ४ थान र भारतीय राहदानी ४ थान समेत बरामद गरेको छ ।
उनीहरूले ८१ करोड ४७ लाख ५७ हजार ४ सय ४६ रूपियाँ ४० पैसा बराबरको अनलाइन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरूलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिकहरू दीपककुमार सिंह, ऋषम राज, अंकितकुमार सिंह, धिरजकुमार सिंह, मोहितकुमार सिंह रहेका छन् ।
नेपाली नागरिकहरू डोटीका ठक्कर कुँवर, डोटीका तिलक खड्का, नवलपुरका जोर्डन भन्ने जीतबहादुर महतो, कञ्चनपुरका राजेन्द्रबहादुर महता, कञ्चनपुरकै राजेन्द्रबहादुर महता, डोटीका सुवाश खड्का, अछामका विकाश थापा, कैलालीका अरविन खड्का, अछामका डायमण्ड कुँवर, अछामका मनोज बोगटी, डोटीका हर्कबहादुर खड्का, रुपन्देहीका पूर्ण दर्लामी र दाङको लमहीका विष्णुकुमार राउत रहेका छन् ।


बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया