विपद् न्यूनीकरणका लागि समुदायमा विपद् स्वयंसेवक आवश्यक : आईजीपी अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले विपद् न्यूनीकरणका लागि समुदायमा विपद् स्वयंसेवक आवश्यक रहेको बताएका छन् ।

स्विट्जरल्याण्डको जेनेभामा सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरणको लागि विश्वव्यापी प्लेटफमको आठौं सत्रलाई सम्बोधन गर्दै आईजीपी अर्यालले सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भइ विपद् व्यवस्थापनसँग सम्बन्धी उच्चस्तरीय तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरिरहेको बताए ।

यसका साथै समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचक मार्फत भौगोलिक तथा विपद्जन्य अवस्थामा छिटो सूचना प्राप्त हुने र यसले विपद् व्यवस्थापनमा सहकार्य तथा सहजता आउने अर्यालले बताएका छन् । सशस्त्रले विपद् स्वयंसेवकलाई उच्च प्राथमिकतामा राखेको पनि उनले बताए ।

उनले यस प्रकारको संजाल र सामुदायिक साझेदारीले विपद्को पूर्वतयारी, व्यवस्थापन, उद्धार र राहतमा समेत स्थानीय समुदाय र सुरक्षाकर्मी बीचमा समन्वय हुने भएकोले कार्य विपदसँग जुध्नको लागि उपयोगी र प्रभावकारी हुनेमा बताए ।

विश्वभरीका विपद्सँग सम्बन्धित देशहरुको सहभागिता रहेको कार्यक्रममा महानिरीक्षक अर्यालले विपदको सामना गर्न एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले यसमा विश्व समुदायको सामूहिक प्रयास अन्तर निकाय समन्वय हुनेपर्ने बताए ।

विपदलाई व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन डिजास्टर गभरमेन्ट्स राम्रो हुनुपर्ने र सेन्दाई फ्रेमवर्क, पेरिस सम्झौता र दिगो विकास लक्ष्यहरूको प्रतिज्ञा पूरा गर्न एकैसाथ क्रियाशील हुनुपर्ने र त्यसलाई पूरा गर्नको लागि नेपाल सरकार र सशस्त्र प्रहरी बल नेपाल अग्रसर र प्रतिवद्ध रहेको समेत उनले बताए ।

Published : Wednesday, 2025 June 4, 1:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया