ब्रिटिश गोरखा र एनआरएनएलाई नागरिकता दिने कुरामा सरकार स्पष्ट बन्नुपर्छ : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ब्रिटिश गोरखामा भर्ती भएका नेपाली नागरिक र गैह्रआवासीय नेपाली नागरिकलाई नागरिकता दिने कुरामा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै खतिवडाले ब्रिटिश गोरखा र एनआरएनहरूलाई नागरिकता दिने विषयमा स्पष्ट धारणा सरकारले बनाउनुपर्ने बताए ।
उनले नेपाली नागरिक अनागरिक नहुन् भन्ने सबैको चाहना रहेको बताए । उनले विदेशी नागरिकहरूलाई नेपालको नागरिकता दिने कुरा सस्तो बनाउन नहुने बताएका छन् ।
‘हाम्रो चाहना पनि नेपाली नागरिक अनागरिक नहुन्, अन्य विदेशीहरूलाई खुला पनि नगरौँ,’ उनले भने, ‘हामी सबैको चाहना पनि त्यही हो ।’
‘त्यही धाराणा साथ त्यो विधेयक अघि बढाउने प्रयास गरेका छौं,’ खतिवडाले भने, ‘हामी चाहे ब्रिटिश गोरखाका नेपाली नागरिक वा एनआरएनए नेपाली हौं ।’
सभापति खतिवडाले भने, उहाँहरूको समस्या समाधान गर्न पनि सरकार अघि बढोस् । त्यसलाई कसरी समाधान गर्न सकिन्छ, सरकारको एउटा धारणा आओस् ।’
बुधबार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको छ ।
बिहीबारदेखि दफावार छलफल हुने सभापति खतिवडाले जानकारी दिएका छन् ।
बैठकमा रक्षामन्त्री मानवीर राईले नागरिकता सबैलाई दिने भइसकेपछि कागजपत्र र दण्ड जरिबानामा कडाइ गर्नुपर्ने बताएका छन् ।
उनले भविष्यमा नागरिक सबैलाई दिनेगरी अघि बढ्दा विभिन्न किसिमका गतिविधि हुनसक्ने भएकाले कागजपत्रमा कडा निगरानी गर्न जरुरी रहेको बताए ।
‘हाम्रो देशमा नागरिकता सम्बन्धमा विभिन्न गतिविधिहरु हुनसक्छन्, अब हामीले नागरिकता सबैलाई दिने भनिसकेपछि अब डकुमेण्टमा टाइट गर्ने र जरिबाना र दण्ड कडा गर्नुपर्छ,’ राईले भने, ‘जन्मदर्ता गर्ने कर्मचारीले, सचिवले जन्मदर्ता उसले फर्जी ग¥यो भने उसको प्रमोसनदेखि जागिरमा के असर पर्ने हो त्यो गर्नैपर्छ ।’
रक्षामन्त्री राईले भने, ‘वडा अध्यक्षले फर्जी मान्छेको नागरिकता सिफारिस ग¥यो भने उसले राजनीति गर्न नपाउनेदेखि के–के निषेध गर्ने हो । यो कर्मचारी र जनप्रतिनिधिलाई पनि गर्नुपर्छ ।’
‘त्यो जन्मदर्ता गर्दाखेरि सचिवलाई आशंका भयो भने वडा सदस्यहरू त जम्मै वडामा हुन्छन्,’ राईले भने, ‘वडा सदस्यहरूलाई बोलाएर रोहबरमा राखेर दिनुपर्छ । अब सिफारिस गर्ने र सनाखत गर्ने कुरामा कडाइ गर्नुपर्छ ।’
नेपाली नागरिकता त्याग गरेर विदेशी नागरिकता लिने र नेपाल फर्किएर आइसकेपछि पुनः वंशजकै नागरिकता दिने कुरामा पनि सोच्न जरुरी रहेको रक्षामन्त्री राईले बताए ।
रक्षामन्त्री राईले आमा र बुबा दुवै जना नेपाली नै भएका नागरिकका सन्तानले मात्रै वंशजको नागरिकता पाउनुपर्ने बताएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया