सरकारद्वारा सार्वजनिक यातायात व्यवसायी र मजदुरहरूमाथि भेदभाव, बुधबारदेखि सशक्त आन्दोलनको घोषणा

काठमाडौं । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका अध्यक्ष विजयबहादुर स्वारले आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन् ।

मंगलबार अध्यक्ष स्वारले प्रेस विज्ञप्ति जारी गरेर सरकारसँग वार्ता जारी रहेकोले आफूहरूको आन्दोलन सशक्त रुपमा अघि बढाउन देशभरका यातायात व्यवसायी, स्वरोजगार, मजदुर, कर्मचारीहरूमा आग्रह गरेका हुन् ।

संघीय सरकारसँग भएको सहमति गण्डकी प्रदेश सरकारले कार्यान्वयन नभए भोलि बुधबारदेखि आन्दोलन अझै सशक्त रुपमा अघि बढ्ने अध्यक्ष स्वारले बताएका छन् ।

अध्यक्ष स्वारले भनेका छन्, ‘संघीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमति अनुसार कार्यान्वयन नभएमा भोलीदेखिको आन्दोलन अझ सशक्त रुपबाट अगाडि बढाइने व्यहोरा यसै प्रेस विज्ञप्तिमार्फत सम्बन्धित सबै पक्षमा अनुरोध गरिन्छ ।’

अध्यक्ष स्वारले पत्रकार सम्मेलन आयोजना गरेर आन्दोलनका कार्यक्रम र सरकारसँग भएका सम्झौता सार्वजनिक गरिने समेत जनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने सहमति कार्यान्वयनका लागि पत्र पठाएको छ । सरकारले यातायात व्यवसायी र मजदुरहरूलाई ठूलो अन्याय गर्दै आएको छ । सार्वजनिक यातायातका व्यवसायीहरूप्रति सरकारले भेदभावको नीति लिएपछि बाध्य भएर व्यवसायी र मजदुरहरू हड्तालमा उत्रिएका हुन् ।

Published : Tuesday, 2025 June 3, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया