न्यायाधीश पोखरेलको फैसलाविरुद्ध उच्च अदालत र न्यायपरिषदमा जाने भोम्जनको तयारी

काठमाडौं । विनोदकुमार भोम्जनले काठमाडौं जिल्ला अदालतबाट भएको फैसलाबाट आफूलाई अन्याय परेको भन्दै न्यायका लागि माथिल्लो न्यायिक निकायमा जाने बताएका छन् ।
न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासबाट भएको फैसलाबाट अन्याय भएको भन्दै न्यायिक निकायमा न्यायका लागि जान लागेको बताएका छन् । न्यायालयप्रति सधैँ सम्मान रहेको र फैलसाप्रति कुनै टिकाटिप्पणी नरहने उनले बताएका छन् ।
न्यायाधीश पोखरेलले बुझ्नु पर्ने आवश्यक प्रमाणहरू नबुझी मुद्दाको अंग नै नपुर्याई, कानूनको प्रक्रिया विपरित फैसला भएकोले आफू अन्यायमा परेको उनले बताएका छन् । फैसलाबाट आफूलाई पीडित बताउने भोम्जनले उक्त फैसलाविरुद्ध कानूनी प्रक्रिया अवलम्बन गर्ने बताएका छन् ।
काठमाडौंमा मंगलबार केही पत्रकारहरूसँगको भेटमा भोम्जनले केही विवरण र तथ्यहरू उच्च अदालत पाटन र न्यायपरिषदमा उलब्ध गराउने बताएका छन् । काठमाडौं जिल्ला अदालतको अन्यायपूर्ण फैसलाबाट न्याय पाउने आशा गरेको बताएका छन् । उनले आफ्ना कानून व्यवसायीहरूसँग फैसलाबारे कानूनी र संवैधानिक तरिकाले अध्ययन गरेपछि न्यायपरिषद र उच्च अदालत जाने निर्णयमा पुगेका छन् ।
केही न्यायाधीशहरूको बारेमा विभिन्न खालका टिकाटिप्पणी भइरहेका बेला भोम्जन पनि न्यायपरिषद र उच्च अदालत पाटनमा न्यायका लागि जान लागेका छन् ।
सो फैसलाविरुद्ध भोम्जनले न्याय परिषदसमेत गुहार्ने तयारी गरेको बताएका छन् । भोम्जन उच्च अदालत पाटनमा पनि न्याय प्राप्तिको लागि पुनरावदेन गर्ने बताए ।
भोम्जनले न्यायपरिषदमा दिन लागेको उजुरीमा भनेका छन्, ‘उपरोक्त प्रकणहरूमा उल्लेख भएअनुसार श्री काठमाडौं जिल्ला अदालतका माननीय न्यायाधीश श्री कमलप्रसाद पोखरेलको इजलाशबाट मिति २०८१ चैत २१ मा मुद्दाको अंग नै नपुगी एवम् नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना समेतलाई वेवास्ता गर्दै फैसला गर्नुभएको र यसरी भएको फैसलाका विषयमा गलत तथा भ्रामक विवरण श्री काठमाडौं जिल्ला अदालतको वेबसाइटमा समेत अपलोड भएका कारण उल्लेखित मुद्दाहरूको फैसला गर्दा कार्य क्षमताको अभाव एवम् आर्थिक प्रलोभनका कारण ठहर भएको कुरामा न्यायिक विचलन भएको महशुस भएकाले उपरोक्त २ थान मुद्दाहरूको सक्कल मिसिल एवम राय किताव समेत झिकाई अध्ययन गरी उक्त फैसला गर्ने न्यायाधीश उपर छानबिन गरी आवश्यक कारबाही गरिपाउँ भनी सम्माननीयज्यू समक्ष यो निवेदन पेश गरेको छु ।’
भोम्जनले भनेका छन्, ‘वादी महेन्द्रप्रसाद घोरासैनी र प्रतिवादी म निवेदक भएको करार बमोजिम रकम दिलाई पाउँ मुद्दामा वादी तथा प्रतिवादी दुबै पक्षले फिरादपत्र तथा प्रतिउत्तर पत्रमा साक्षी उल्लेख गरेकोमा दुबै पक्षका साक्षी बुझ्ने आदेश नै नगरी फैसा भएको तथा विपक्षी र मेरोबीच मिति २०७८ कात्तिक १ मा भएको सम्झौता मुलुकी देवानी कार्यविधि संहिताको दफा ३६ बमोजिम काठमाडौं महानगरपालिका वडा नं. ७ का वडा सदस्यबाट प्रमाणत भइ आएको सम्झौतापत्रमा उल्लेख गरिएका कुनै पनि साक्षीहरूलाई समेत नबुझी फैसला भएको र मैले दायर गरेको मुद्दामा नेपाल सरकार अर्थ मन्त्रालयले मिति २०७३ चैत १० को प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाले निर्धारण गरेको लगानी गर्ने कार्यविधिलाई पूर्ण बेवास्ता गर्दै सो मुद्दाका प्रतिवादी महेन्द्रप्रसाद घोरासैनीले प्रमाण खण्डमा उल्लेख गर्नुभएको लगानी तथा अन्य विषयहरू लिखित निर्णयहरू झिकाइपाउँ भनि पटक पटक सम्मानित इजलाश समक्षमाग भएकोमा सो मागप्रति कुनै सुनुवाई नै नगरी मिति २०८१ फागुन २१ मा अस्वभाविक रुपमा फैसला गर्नुभयो ।’
‘श्री काठमाडौं जिल्ला अदालतका माननीय न्यायाधीश श्री कमलप्रसाद पोखरेलको इजलासमा मिति २०८१ फागुन २१ मा उपरोक्तमा उल्लेखित २ थान मुद्दा पेश भइ सोही दिन फैसला भएको र यसरी फैसला गर्दा विपक्षी महेन्द्रप्रसाद घोरासैनीले लगानी गरेको रकम भनि उल्लेख गरिएको दश करोड सत्तरी लाख अठासी हजार चार सय बाह्र रुपियाँको वैधानिक स्रोत एवम् नेपाल सरकार अर्थ मन्त्रालयले मिति २०७३ चैत १० को प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाले निर्धारण गरेको लगानी गर्ने कार्यविधिका विषयमा पटक पटक इजलाशमा भएको माग समेतलाई वेवास्ता गर्दै फैसला गरी सोही विायमा श्री काठमाडौं जिल्ला अदालतको वेबसाइटमा महेन्द्रप्रसाद घोरासैनी वादी रहेको मुद्दामा आंशिक दावी पुग्ने भन्ने मुद्दाको स्थिति जनाइएको र म वादी भएको करारमा उल्लेख गरिएको रकमको वास्तविक हिसाव यकित गरी करार बमोजिमको कार्य नगरेका कारण पर्न गएको आर्थिक क्षति दिलाइ भराइपाउँ भन्ने मुद्दामा दाबी पुग्ने भन्ने मुद्दाको स्थिति जनाइएकोमा मिति २०८१ फागुन २२ का दिन बिहान १० बजेतिर पुनः श्री काठमाडौं जिल्ला अदालतको वेबसाइट खोली मिति २०८१ फागुन २१ को दैनिक पेशी सूची हेर्दा म वादी भएको मुद्दामा दाबी नपुग्ने भनि मुद्दाको स्थिति जनाइएकोमा के भएको रहेछ भनि बुझ्न जाँदा मेरो दावी पूरै खारेज गरिएको तर, विपक्षीको माग दावी बमोजिम साँवा व्याजसहित दिलाइ भराइदिने ठहर गरी पूर्ण रुपमा वादी दावी पुग्ने गरी फैसला भएको बुझिन आयो’, भोम्जनले भनेका छन् ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया