रोजगारी र सीपका लागि परशुराम नगरपालिका ‘मेयर विजनेस कप’ कार्यक्रम, आवेदन माग

परशुराम । डडेल्धुराको परशुराम नगरपालिकाले ‘मेयर विजनेस कप कार्यक्रम’का लागि आवेदन माग गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले सूचना जारी गरेर कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूलाई आवेदन दिन अनुरोध गरेकी छिन् ।
‘परशुराम नगरपालिकामा स्थायी बसोबास भई, परशुराम नगरपालिकामा नै उद्यम गर्ने इच्छुक व्यक्तिहरूले मेयर विजनेस कप कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ को अनुसूची– १ अनुसार आवश्यक विवरणहरू भरी मिति २०८२ जेठ २५ गतेभित्र यस कार्यालयमा निवेदन पेश गर्न सूचित गरिन्छ,’ सूचनामा भनिएकोछ ।
परशुराम नगरपालिकाको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेट अन्तर्गत नवीनतम ज्ञान, सीप र क्षमतायुक्त उद्यमीलाई नवप्रवर्तनात्मक व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले मेयर विजनेस कप कार्यक्रम सञ्चालन गर्न लागेको छ ।
कार्यक्रममा सहभागी हुन परशुराम नगरपालिकाको कार्यालयमा आवेदन दिनुपर्नेछ । कार्यक्रमका लागि नगरपालिकाले सानु देउवालाई ९८६५५८३९८८ मा सम्पर्क गर्न भनेको छ ।

बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया