सहकारी ठगका अभियुक्त रविद्वारा काठमाडौंको सुविधा सम्पन्न जेलको माग, पावरको दुरुपयोग

काठमाडौं । पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुविधा सम्पन्न जेलको माग गरेका छन् ।

भैरहवास्थित कारागारमा रहेका लामिानेले काठमाडौंको डिल्लीबजारस्थित कारागारको माग गरेका हुन् । डिल्लीबजार कारागार निकै सुविधा सम्पन्न मानिन्छ । पहुँचवाला अधिकांश अपराधीहरू डिल्लीबराज कारागारमा बस्न रुचाउँछन् । भ्रष्टाचारीहरू पनि डिल्लीबजार कारागारमा बस्न मन पराउँछन् ।
डिल्लीबजार कारागारमा बालकृष्ण ढुंगेल, खुमबहादुर खड्का, दीपक मनाङ लगायतका चर्चित व्यक्तिहरू बसेका थिए ।

लामिछाने रुपन्देहीको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएर सरुवा माग गरेपछि अदालतले आवश्यक प्रक्रिया मिलाइदिन भनि कारागार प्रशासनलाई लेखि पठाएको थियो ।

लामिछानेले काठमाडौंको डिल्लीबजार कारागार सरुवा माग गरेका छन् । अनुसार रुपन्देही कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पत्र पठाइसकेको छ ।

कारागार व्यवस्थापन विभागबाट निर्णय भएर आउन बाँकी रहेको रुपन्देही कारागारका जेलर सुरेश भण्डारीले जानकारी दिएका छन् ।

विभागबाट निर्णय भएर आए लगतै लामिछानेलाई सरुवा गरिनेछ । सुप्रिम सहकारी ठगीको अभियोगमा जिल्ला अदालत रुपन्देहीले सुरुमा एक करोड रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते जिल्ला अदालतको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेपछि लामिछाने त्यसै दिन पक्राउ परेका थिए ।

उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चबाट रिहा हुने आशामा उनले यसअघि रुपन्देही कारागारमै बसेर मुद्दा लडिरहेका थिए ।

सर्वोच्च अदालतले पनि उच्च अदालतकै आदेश सदर गरेपछि अब उनले काठमाडौं सरुवा हुन चाहेका हुन् ।

परिवार र पार्टीभित्रको भेटघाटलाई सहज बनाउन उनी काठमाडौंकै कारागार आउन चाहेको जनाएका छन् ।

काठमाडौं र ललितपुरमा तीन वटा कारागार छन् । त्यसमध्ये कम कैदीबन्दी रहेको डिल्लीबजारमा भीआईपी कैदीहरू बढि रहने गरेका छन् । लामिछानेले पनि सोही कारागारमा बस्न चाहेका छन् ।

लामिछानेले सुप्रिम सहकारी ठगीको अभियोगमा फैसला नभएसम्मका लागि थुनामा बस्नैपर्छ । कारागार बसाइँ लम्बिने भएपछि लामिछानेले सरुवा माग गरेका हुन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षमा पठाउने आदेश गरेपछि लामिछाने रुपन्देहीकै कारागारमा बस्नु पर्ने थियो । पहुँच लगाएर लामिछाने काठमाडौंको सुविधा सम्पन्न जेलमा आउन लागेका छन् ।

Published : Tuesday, 2025 June 3, 4:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया